बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

माथिल्लो तामाकोशीको घाटा डेढ अर्बभन्दा माथी हुँदा सेयर मूल्य अझै घट्न सक्ने

सोमबार, जेठ २ २०७९
माथिल्लो तामाकोशीको घाटा डेढ अर्बभन्दा माथी हुँदा सेयर मूल्य अझै घट्न सक्ने

एकवर्ष अगाडि ९६२ रुपैयाँसम्म पुगेको सेयर मूल्य यो साताको अन्तिम दिन घटेर ५३१ रुपैयाँमा आइपुगेको छ।

काठमाडौंं- माथिल्लो तामाकोशी जलविद्युत कम्पनीले चालु आवको तेस्रो त्रैमासमा नोक्सानी बढेर १ अर्ब ६५ करोड रुपैयाँ परेको छ। गत आवमा ३ करोड ५० लाख नोक्सानी भएको थियो। 

चालु आवको तेस्रो त्रैमाससम्ममा भने कम्पनीले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत बिक्री गरेर ५ अर्ब १६ करोड आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ। कम्पनीले विद्युत बिक्री आयबाट ८३ करोड घटाइएकोले फागुन मसान्तसम्मको आय वापत २ अर्ब ७६ करोड प्राप्त गरेको थियो। 

कम्पनीको चुक्तापुँजी १० अर्ब ५९ करोड रहेको छ। कम्पनीको जगेडा भने २ अर्ब ७१ करोड ऋणात्मक रहेको छ। कम्पनीले गत भदौ २५ गतेबाट दोलखा जिल्लामा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरी राष्ट्रिय विद्युत प्रणालीमा जोडेर विद्युत उत्पादन गरिरहेको छ।

नोक्सानीले कम्पनीको सेयर मूल्यमा प्रवाभ पर्न सक्छ। एकवर्ष अगाडि ९६२ रुपैयाँसम्म पुगेको सेयर मूल्य यो साताको अन्तिम दिन घटेर ५३१ रुपैयाँमा आइपुगेको छ। बजार पुँजीकरण ५६ अर्ब ६२ करोड रुपैयाँमा झरेको छ। कम्पनी नाफामा नगएसम्म लाभांश दिन नसक्ने भएकोले सेयर मूल्य अझै घट्न सक्ने छ।


प्रकाशित : सोमबार, जेठ २ २०७९०९:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend