आइतबार, जेठ ६ गते २०८१    
images
images

७ दशकपछि  दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध’ औपचारिक रुपमा सञ्चालनमा

images
सोमबार, जेठ २ २०७९
images
images
७ दशकपछि  दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध’ औपचारिक रुपमा सञ्चालनमा

विमानस्थल निर्माणमा ३० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। यसरी निर्माण भएको विमानस्थल सञ्चालनका लागि प्राधिकरणले सुरुवाती पहिलो वर्षका लागि विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने शुल्कमा छुट दिन लागेको हो

images
images

काठमाडौं- ७ दशकपछि नेपालमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय’ सञ्चालनमा आएको छ। सन् २०१७ मै निर्माण सम्पन्न गर्दै २०१८ भित्रै सञ्चालनमा ल्याउने तयारीका साथ निर्माण सुरु भएको विमानस्थल ४ वर्ष ढिला गरी सञ्चालनमा आएको हो। नेपालको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल’ सन् १९५१ देखि सञ्चालनमा आएको थियो।

images
images
images
received_561597022055048.jpeg

विमानस्थलको औपचारिक सुरुवात नेपाल एयरलाइन्सको न्यारोबडी जहाज अवतरण गर्दै गरिएको हो। विमानस्थलको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवादले गरेका हुन। उद्घाटन कार्यक्रममा पर्यटन मन्त्री, नेपाल नागरिक उड्डयान प्राधिकरणमा महानिर्देश्क इन्जिनियर प्रदीप अधिकारीसमेत सहभागी भएका छन। अहिले जजिरा एयरकाे जहाज अवतरण हुँदै व्यवसायीक उडान सुरू भएकाे हाे।

images

 goutam e.jpg

images
images

विमानस्थलबाट व्यवसायिक रुपमा अन्तर्राष्ट्रिय उडानको सुरुवात भने कुवेतको जजिरा एयरले गरेको हो।  विमानस्थल निर्माणको काम २०१५ देखि सुरु भएको थियो। भूकम्प, नाकाबन्दी तथा कोरोना र निर्माण कम्पनीका कारण केही ढिला भएको थियो।

images
images

विमानस्थल  निर्माणमा ३० अर्ब (जग्गा मुआब्जा सहित) खर्च भएको छ।  विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसक्ने जहाज त्यहाँ अवतरण गर्न सकिने छ। विमानस्थलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रुपमा लिइएको छ। गौतम बुद्धको जन्म थलो लुम्बिनी नजिक रहेको विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरह व्यवसायिक रुपमा सञ्चालन हुने आशा समेत गरिएको छ।

received_833682541373212.jpeg

विमानस्थल निर्माणको काम चिनियाँ कम्पनी नर्थ वेस्टले गरेको हो भने विमानस्थलको भौतिक संरचना निर्माणमा एसियाली विकास बैंकको सहयोग रहेको थियो।

यसरी निर्माण भएको विमानस्थल गत फागुनमा क्यालिब्रेसन उडान भएको थियो। साथै बैशाख १५ गते विमानस्थलमा अपरेश्नल ड्रेमोस्ट्रेस्न उडान भएको थियो। नेपाल एयरलाइन्सको वाइडबडी जहाज मार्फत  अपरेशनल ड्रेमाेस्ट्रेसन  उडान भएको थियो। 

ड्रेमाेस्ट्रेसन उडान भएको केही दिनपछि विमानस्थलले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओबाट अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाण पत्र पाएको थियो।

कोमामा पुगेको आयोजनको सफल अवतरण

सन् २०१७ को डिसेम्बरभित्रै निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निमार्ण सुरु भएको राष्ट्रिय गौरवको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम चार वर्ष ढिला सम्पन्न गर्दै सञ्चालनमा आएको छ।

विमानस्थल निर्माण सम्पन्न भएसँगै आजबाट व्यवसायिक उडान सञचालन सुरु भएको छ।  यसरी सञ्चालनमा आएको विमानस्थलमा फागुन ६ गतेबाट क्यालिब्रेसन उडान सुरु भएको थियो। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया सुरु भएको एक दशक पार गरिसकेको छ।

विमानस्थल निर्माणको प्रक्रिया सन् २००७ बाटै सुरु भएको थियो। सुरुमा विमानस्थल ३ अर्ब ८० करोड रूपैयाँ लागतमा २४ सय मिटरको रन-वेसहित सानो टर्मिनल भवन बनाउने विषय आएको थियो।

लगानीकर्ता एसियाली विकास बैंक (एडीबी)ले पनि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तत्काल ठूलो बनाउन नपर्ने रिपोर्ट तयार पारेको थियो। तर प्राधिकरणले विमानस्थल बनाइसकेपछि वाइडबडीदेखि ठूला प्रकृतिका बोइङ जहाजसमेत उडान अवतरण गर्न सक्ने गरी विमानस्थल बनाउन पर्ने विषय उठान गरेको थियो।

goutam e.jpg

प्राधिकरणले तीन हजार मिटर कै रन-वे सहितको सुविधासम्म विमानस्थल निर्माण गर्ने निष्कर्ष निकालेको थियो। अन्ततः लगानीकर्ता एडीबीले पनि प्राधिकरणको निर्णयलाई स्वीकार गर्‍यो।

विमानस्थल निर्माणका लागि २०१२ बाट ठेक्का प्रक्रिया सुरु भयो। २०१४ को नोभेम्बरमा विमानस्थल निर्माणका लागि चिनियाँ ठेकेदार कम्पनी ‘नर्थ वेस्ट सिभिल एभिएसन’ सँग गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सम्झौता भएको थियो।

सम्झौतसँगै निर्माण कम्पनीले काम थालनी गरेको पाँच महिना नबित्दै नेपालमा २०१५ को अप्रिलमा भूकम्प गयो। भूकम्पबाट तंग्रिन नपाउँदै भारतले फेरि नाकाबन्दी गर्‍यो। जसका कारण विमानस्थल निर्माणको काममा सुरुवाती समयमै समस्या देखिन थाल्यो।

नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवको आयोजना निर्देशनालयले काममा केही सहजता गराउँदै गयो। तर चिनियाँ ठेकेदार कम्पनीको काम गरेको नेपाली ठेकेदार कम्पनीको कारणबाट पनि आयोजनाको काम प्रभावित भइरहेको थियो।

goutam e.jpg

निर्माण कम्पनीले पनि नदीजन्य सामाग्री सहज रुपमा पाउन सकेको थिएन। सम्झौताअनुसार ठेकदारले २०१७ को डिसेम्बर ३१ सम्म विमानस्थलको ‘आइसीबी-जिरो एक’ अन्तर्गतका सबै काम सक्नुपर्ने थियो।

सरकारले ६ अर्ब २२ करोड रूपैयाँमा ‘आइसीबी-जिरो एक’ अन्तर्गत विमानस्थलको तीन हजार मिटरको रनवे, ट्याक्सी वे, एप्रोन, टर्मिनल भवन र टावर कन्ट्रोल भवन निर्माणका लागि सम्झौता गरेको थियो। तर सन् २०१७ को डिसेम्बरसम्म आइपुग्दा चिनियाँ निर्माण कम्पनीले २७ प्रतिशतको हाराहारीमा मात्रै काम सम्पन्न गरेको थियो।

तोकिएको समयमा काम सम्पन्न हुने अवस्था रहेन। समयमै काम सम्पन्न हुने अवस्था नदेखिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरण र आयोजना निर्देशनालयले समय एक वर्ष थप्ने तयारी गरिरहेको थियो। तर विमानस्थलको मुख्य लगानीकर्ता एसियाली विकास बैंकले विमानस्थल निर्माणको काम सन्तोषजनक नरहेको भन्दै आफूहरू बाहिरिने पत्र आयोजना निर्देशनालयमा पठायो।

आयोजना निर्देशनालयका प्रमखु थिए हालका महानिर्देशक प्रदीप अधिकारी। अधिकारीले उक्त विषय नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सन्जीव गौतमसम्म जानकारी गराए।

goutam e.jpg

लगानीकर्ताले निर्माण कम्पनीको काम सन्तोषजनक नभएको र अब पनि हुने आशा नदेखिएका कारण ठेक्का रद्द गरी पुनः काम गर्नुपर्ने विषय उठाएको थियो।

तर लगानीकर्ताले भनेजस्तो ठेक्का रद्द गर्न प्राधिकरण सहमत भएन। गौतम र अधिकारीले विभागीय मन्त्री तथा सचिवसँग लगाानीकर्ताको पत्रको विषयमा जानकारी गराए। जानकारी गराउँदै गौतम र अधिकारीले ठेक्का सम्झौता नगर्ने बरु प्राधिकरणले आफ्नै स्रोतबाट भए पनि विमानस्थल निर्माणको कामलाई निरन्तरता दिने निर्णय गरे।

गौतम र अधिकारीले ठेक्का सम्झौता रद्द गरेर विमानस्थलको निर्माणको काम थालनी गर्न थप दुई वर्ष लाग्ने र लागत पनि दोबर हुने निष्कर्ष निकाल्दै लगानीकर्ता एडीबी बाहिरिए पनि प्राधिकरणकै स्रोतबाट काम गर्ने निर्णय गराए। जुन निर्णयसँगै विमानस्थल निर्माण देखिएको नगद प्रभावको समस्या पनि हटेको र कामले तीब्रता लिएको अधिकारी बताउँछन्।

goutam e.jpg

यसरी कोमामा पुगको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समय थप भएको एक वर्ष अर्थात २०१८ को डिसेम्बरसम्म आइपुग्दा ५१ प्रतिशत काम सम्पन्न भयो।

प्राधिकरणले स्थानीय तह तथा जिल्ला प्रशासनको सहयोगमा निर्माण कम्पनीलाई आवश्यक पर्ने नदीजन्य सामाग्री उपलब्ध गराउन पनि सहयोग गर्‍यो।

निर्माण कम्पनीले पनि नेपाली ठेकेदार कम्पनी परिर्वतन गर्दै काम गरेको थियो। जसको प्रतिफल एक वर्षमै देखियो। काममा प्रगति भएपछि पुनः लगानीकर्ता एडीबी आयोजनको काममा फर्कियो। काम अगाडि बढ्दै गयो।

goutam e.jpg

सन् २०१९ मा पुनः आयोजनाले विमानस्थल सञ्चाललका लागि सञ्चार उपकरण जडान लगायतका आइसीबी जिरो २ को कामका लागि ठेक्का प्रक्रिया सुरु गर्‍यो। आइसीबी २ का लागि एरो थाई छनोट भयो। उसले पनि काम सुरु गर्‍यो।

तर सन् २०१९ को डिसेम्बरदेखि विश्वव्यापी रुपमा कोभिड महामहारी सुरु भयो। जसका कारण अन्तिम चरणका पुगेको विमानस्थल निर्माणको काममा केही ढिला भयो।

अन्ततः अहिले विमानस्थल निर्माणको काम सम्पन्न भएको छ। निर्माण सम्पन्न भएको विमानस्थलमा आजदेखि व्यवसायिक उडान सुरु भएको छ। विमानस्थल प्रमुखका रुपमा गोविन्द्रप्रसाद दहाललाई खटाइएको छ।

goutam e.jpg

विमानस्थलका सञ्चालनका लागि आवश्यक ग्राउन्ड ह्यान्डिलिङको काम गर्ने जिम्मा राष्ट्रिय ध्वजबाहक नेपाल वायुसेवा निमगलाई लिएको छ।

तर विमानस्थल सञ्चालनसँगै प्राधिकरणलाई केही समस्या र चुनौती अझै बाँकी छ। सबैभन्दा पहिले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहज हुने हवाई रुट भारतले दिएको छैन।

goutam e.jpg

तर नयाँ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हवाई रुटमा कारण सञ्चालन नहुने अवस्था भने छैन। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सहज हुने गरी नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको पश्चिमतर्फबाट हवाई प्रवेश बिन्दु भारतीय पक्षसँग माग गरेको थियो।

भारतीय पक्षले सुरक्षाको कारण देखाउँदै हवाई प्रवेश बिन्दु दिन सहमत भएको छैन। हवाई प्रवेश बिन्दु दिँदा पनि २१ हजार फिटको उचाइबाट मात्रै दिने बताउँदै आएको छ। यसैगरी अर्को चुनौती भनेको उडान तथा अवतरण कार्यविधि हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थल सञ्चालनका लागि आइएफआर उडान कार्यविधि तयार पारेको थियो। प्राधिकरणले तयार पारेको उडान कार्यविधिका २ नटिकल माइलसम्मको एयर स्पेश भारतीय भूमि परेको थियो।

goutam d.jpg

तर भारतीय पक्षले विरोध गरेपछि अहिले प्राधिकरणले आफ्नै भूमिभित्र पर्नेगरी उडान तथा अवतरण कार्यविधि तयार पार्दै स्वीकृत गरेको छ। सोही अनुसार उडान तथा अवतरण हुने छ। तत्कालका लागि उडान तथा अवतरणमा कुनै समस्या नभए पनि दीर्घकालमा प्राधिकरणले भन्दा पनि सरकारले नै उच्चस्तरीय छलफलबाट यो विषय पनि समाधान गर्नु पर्ने छ।

अब विमानस्थलमा थप २५ अर्ब रूपैयाँसम्म खर्च हुने प्राधिकरण महानिर्देशक अधिकारी बताउँछन्। अब सरकारले विमानस्थलको विस्तार गर्दा जग्गा मुआब्जाका लागि रकम गर्न नपर्ने अधिकारी बताउँछन्।

तर आधुनिक र सुविधासम्पन्न अन्तर्राष्ट्रिय टर्मिनल भवन र जहाज पार्किङ-वे तथा एप्रोन निर्माणका लागि भने २५ अर्ब रूपैयाँसम्म खर्च हुने उनको भनाइ छ।

goutam c.jpg

तर यो काम विस्तारै हुँदै जान्छ। आधुनिक सुविधासम्पन्न टर्मिनल भवन निर्माणमा १४ अर्ब लाग्ने अनुमान भएकोसमेत अधिकारी बताउँछन्। योसँगै अहिले ५ वटा सना ठूलो जहाज पार्किङ गर्नसक्ने पार्किङ वे बनेको र यसलाई विस्तार गरे १० देखि १२ वटासम्म बनाउनु पर्ने उनको भनाइ छ।

विस्तारका काम सबै सम्पन्न भएपछि १० वर्षसम्मको नेपालको एयर ट्राफिक मुभमेन्ट गौतमबुद्ध विमानस्थलले थेग्ने अधिकारीको भनाइ छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुल्क एक वर्षसम्म छुट

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजबाट व्यवसायी उडान सञ्चालन गर्न लागेको गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा प्रेरित गर्न एक वर्षसम्म विमानस्थल सेवा शुल्क वापत लाग्ने सबै शुल्कमा छुट दिने प्रस्ताव गरेको छ।

प्राधिकरणले नयाँ विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार विमानस्थलको प्रचार प्रसार र एयरलाइन्स कम्पनीलाई आर्कषित गर्न विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने सबै शुल्कमा छुट दिने प्रस्ताव गरेको हो।

goutam b.jpg

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्राधिकरणले विमानस्थल सेवा शुल्क अनुसार एयरलाइन्स कम्पनीले उडान गर्न तिर्नु पर्ने रकममा सबै छुट गर्ने गरी प्रस्ताव गरेको बताए।

विमानस्थलमा जेठ २ गतेबाट नै सातामा जजिरा एयरलाइन्सले ३ वटा उडान गर्ने छ। विमानस्थल निर्माणमा ३० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। यसरी निर्माण भएको विमानस्थल सञ्चालनका लागि प्राधिकरणले सुरुवाती पहिलो वर्षका लागि विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने शुल्कमा छुट दिन लागेको हो।


प्रकाशित : सोमबार, जेठ २ २०७९०१:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend