बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३
बीमा कम्पनीमा चुक्ता पुँजीको दबाब

ठूला कम्पनी नै धमाधम मर्जरमा जाने सहमती, कुन कम्पनीको कुनसँग?

सोमबार, जेठ २ २०७९
ठूला कम्पनी नै धमाधम मर्जरमा जाने सहमती, कुन कम्पनीको कुनसँग?

बीमा समितिको निर्णयअनुसार जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको थियो।

काठमाडौ- बीमा कम्पनीहरु धमाधम मर्जरमा जाने घोषणा गर्न थाले‍का छन्। बीमा समितिले चुक्तापुँजी बढाउने निर्णय गरेसँगै कम्पनीहरु मर्जमा जाने सम्झौता गर्न थालेका हुन्। जीवन र निर्जीवन बीमा कम्पनीहरु दुवैले मर्जका लागि जोडि खोज्ने र सम्झौता गर्नेक्रम बढेको हो। आईएमई जनरल, प्रुडेन्सियल र नेपाल इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी बनाउन सहमती गरेका छन्। 

नेपाल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब २४ करोड रहेको छ भने आईएमई जनरलको १ अर्ब १५ करोड र प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब २ करोड रहेको छ। तिनवटै कम्पनीको चुक्तापुँजी जोड्दा करोड ३ अर्ब ४२ करोड रुपैयाँ हुनेछ। 

बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड बनाउने निर्णय गरेको थियो। यसअघि पाँच बीमा कम्पनीले मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन्। केहि दिन अगाडी हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सले मर्जरका लागि सहमती गरिसकेका छन्। त्यस्तै तीन जीवन कम्पनी गुराँस, युनियन र प्राइम लाइफ पनि मर्जरमा जाने सहमती गरिसकेका छन्। 

बीमा समितिकै निर्णयअनुसार एसियन लाइफ र महालक्ष्मी लाइफ कम्पनीबीच पनि मर्जरको सम्झौता गरेका छन्। सूर्या लाइफ र ज्योति लाइफबीच पनि मर्जरमा सहमती भइसकेका छन्। आईएमई समूहको लगानी भएको आईएमई लाइफ र रिलायबल लाइफबीच पनि मर्जर जानेगरी छलफल गरेका छन्। 

बीमा समितिलाई २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना पेश गरिसकेका छन्। समितिले गत चैत १० गते बीमा कम्पनीको चुक्ता पुँजी वृद्धिको निर्णय गरेको थियो। बीमा समितिको संचालक समिति बैठकले हाल २ अर्ब रुपैयाँ चुक्तापुँजी भएका जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी ५ अर्ब रुपैयाँ र १ अर्ब रुपैयाँ चुक्तापुँजी भएका निर्जीवन बीमा कम्पनीको साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्ने निर्णय गरेको थियो। नेपालमा अहिले १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र २ वटा पुनर्बीमा कम्पनी संचालनमा रहेका छन्।

जीवन बीमा कम्पनीहरुमध्ये लाइफ इन्स्योरेन्स, नेशनल, एशियन, सूर्या, मेटलाइफ, सानिमा, गुराँस, सिटिजन, महालक्ष्मी, रिलायन्स, सन नेपाल लाइफ र आईएमई लाइफले ५ अर्ब रुपैयाँ चुक्तापुँजी पुर्‍याउने योजना पेश गरेका छन्। त्यस्तै, निर्जीवन बीमातर्फ शिखर, नेपाल, सगरमाथा, एभरेष्ट, सानिमा जनरल, आईएमई जनरल, प्रुडेन्सियल, नेको, लुम्बिनी जनरल, अजोड, जनरल र यूनाईटेड इन्स्योरेन्सले पुँजी वृद्धिको योजना समितिमा पेश गरिसकेका छन्।  

बीमा समितिको निर्णयअनुसार जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरिएको थियो। बीमा कम्पनीहरूले हकप्रदसँगै बोनस सेयर र अब मर्जरको नीति लिने छन्।

मुख्यगरी मर्जरमा जानका लागि के के सुविधा दिने भन्ने विषयमा निर्णय नभएकोले मर्जको नीति कस्तो आउँछ भन्नेमा निर्भर हुनेछ। समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्तापुँजी बढाउने दबाब पर्ने छ।


प्रकाशित : सोमबार, जेठ २ २०७९०६:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend