बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एक हजार मूल्य घटेपछि शिवममा लगानीकर्ता फर्किए, पुनः २ हजारको यात्रामा लागेको हो?

आइतबार, जेठ १ २०७९
एक हजार मूल्य घटेपछि शिवममा लगानीकर्ता फर्किए, पुनः २ हजारको यात्रामा लागेको हो?

काठमाडौं- लगातार घटिरहेको शिवम सिमेन्टको सेयर मूल्य केही दिनदेखि भने बढ्न थालेको छ। गएकझ साताको अन्तिम दिन बिहीबार शिवमको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँले बढेको छ।

साे कम्पनीको बिहीबारको अन्तिम करोबार मूल्य ९१५ रुपैयाँ पुगेको छ। कम्पनीको उच्च मूल्य १९१० रुपैयाँमा पुगेको थियो। त्यसयता प्रतिकित्ता १०७२ रुपैयाँले घटेर ८३८ रुपैयाँसम्म आइपुगेको थियो। केही सातादेखि बढेर ९१५ रुपैयाँमा आइपुगेको छ। 

nepse 1.PNG

सेयरधनीलाई कम्पनीले २९ प्रतिशत नगद लाभांश दिइसकेको छ। कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ४० अर्ब रहेको छ। कम्पनीको बिहीबार ११ करोड १० लाख रुपैयाँको कारोकार हुँदा १ लाख २२ हजार कित्ता सेयर खरिद बिक्री भएको थियो।

कम्पनीले आगामी वर्षपनि उच्च लाभांश दिने भन्ने अनुमानमा सस्तो सेयर मूल्य भएको अवसर पारेर खरिद गर्न थालेपछि कम्पनीको सेयर मूल्य बढेको हो।  

पछिल्लो ५२ हप्तामा अधिकतम १९१० रुपैयाँ पुगेको सेयर मूल्य न्यूनतम ८३८ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको ४ करोड ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत रहेको छ। 


प्रकाशित : आइतबार, जेठ १ २०७९११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend