बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

जनगणना : हुम्लाका गणकलाई फर्म भर्न समस्या

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ६ २०७८
जनगणना : हुम्लाका गणकलाई फर्म भर्न समस्या

हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत  सुपरीवेक्षक परिचालन गरिएको छ।

हुम्ला- हुम्लाका सातवटै गाउँपालिकाका ४४ वडामा राष्ट्रिय जनगणना २०७८ अन्तर्गत  सुपरीवेक्षक परिचालन गरिएको छ। जनगणना कार्यालयका प्रमुख विनोद भट्टले २३ सुपरीवेक्षक परिचालन गरेर जनगणनाको पहिलो चरणको काम सुरुवात गरिएको जानकारी दिए। 'गाउँगाउँका सुपरीवेक्षक परिचालन भएका छन्। गणना कार्य जारी छ' उनले भने।

यही असोज १८ गतेसम्म पहिलो चरणको जनगणनाअन्तर्गत घरपरिवार लगायतको गणना हुने भएको छ। सुपरीवेक्षकले घरको विवरण, घरमूलीको नाम, पशुपक्षीको विवरण, बैंक खाता, ऋण, अनुदान पाए नपाएको लगायत २० प्रश्न सोध्ने र फर्म भर्ने जनाइएको छ। 'हुम्ला भौगोलिक हिसाबले विकट त छँदै थियो, योसँगै टेलिफोन र इन्टरनेटको समस्याका कारण गाउँगाउँमा परिचालन गरिएका सुपरीवेक्षकलाई तथ्याङ्क सङ्कलनमा थप समस्या भएको छ' उनले भने।  

भौगोलिक विकटता र इन्टरनेटको समस्याले तथ्याङ्क सङ्कलनको काम प्रभावित भएको उनले गुनासो गरे। 'सुपरीवेक्षकले मोबाइल एपको सहायतामा घरघरमा गएर दैनिक तथ्याङ्क सङ्कलन गर्नुपर्छ तर सबै ठाउँमा इन्टरनेटको पहुँच नहुँदा समस्या भएको छ, अहिलेसम्म सिमकोट गाउँपालिकामा खटिएका एक र नाम्खा गाउँपालिका खटिएका एक गरी दुईजनासँग मात्रै सम्पर्क भइरहेको छ' उनले भने।

विसं २०६८ को जनगणनाअनुसार जिल्लाभर घरपरिवारको सङ्ख्या ९ हजार ४ सय ७९ र  जनसङ्ख्या ५० हजार ८ सय ५८ रहेको थियो। रासस


प्रकाशित : बुधबार, असोज ६ २०७८१२:२१
  • सम्बन्धित विषय:

  • # जनगणना
  • # जनगणना २०७८
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend