शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुल्क एक वर्षसम्म छुट

images
आइतबार, जेठ १ २०७९
images
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा सेवा शुल्क एक वर्षसम्म छुट

प्राधिकरणले जेठ २ गते सोमबार नेपाल एयरलाइन्सको उडान मार्फत विमानस्थलको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।

images
images

काठमाडौं (जेठ,१)- नेपाल नागरिक उड्डयन प्राधिकरणले जेठ २ अर्थात भोली बुद्ध जयन्तीबाट व्यवसायी उडान सञ्चालन गर्न लागेको गौतमबुद्ध  विमानस्थलमा अन्तर्राष्ट्रिय उडानमा प्रेरित गर्न एक वर्षसम्म विमानस्थल सेवा शुल्क वापत लाग्ने सबै शुल्कमा छुट दिने प्रस्ताव गरेको छ।

images
images
images

प्राधिकरणले नयाँ विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार विमानस्थलको प्रचार प्रसार र एयरलाइन्स कम्पनीलाई आर्कषित गर्न विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने सबै शुल्कमा छुट दिने प्रस्ताव गरेको हो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले प्राधिकरणले विमानस्थल सेवा शुल्क अनुसार एयरलाइन्स कम्पनीले उडान गर्न तिर्नु पर्ने रकममा सबै छुट गर्ने गरी प्रस्ताव गरेको बताए।

images

प्राधिकरण गरेको प्रस्ताव निर्णय हुन बाँकी रहेको लामिछानेले जानकारी दिए। प्राधिकरणले जेठ २ गते सोमबार नेपाल एयरलाइन्सको उडान मार्फत विमानस्थलको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ।

images

विमानस्थलको उद्घाटन कार्याक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिती रहने छ। प्राधिकरणले बैशाख १५ गते डेमो उडान समेत गरिसकेको छ। साथै अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले समेत विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्तथलको प्रमाण पत्र दिइसेको छ।

विमानस्थलमा जेठ २ गतेबाट नै सातामा जजिरा एयरलाइन्सले ३ वटा उडान गर्ने छ। विमानस्थल निर्माणमा ३० अर्ब रुपैयाँभन्दा बढी खर्च भएको छ। यसरी निर्माणमको भएको विमानस्थल सञ्चालनका लागि प्राधिकरणले सुरुवाती पहिलो वर्षका लागि विमानस्थल सेवा शुल्क नियमावली २०७८ अनुसार लाग्ने शुल्कमा छुट दिन लागेको हो।


प्रकाशित : आइतबार, जेठ १ २०७९०६:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend