बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

रेमिट्यान्स र पर्यटन बाहेक पनि विदेशी मुद्रा आम्दानीका स्रोत विस्तार हुँदै

सरकारी नीति बाधक बन्दा बढ्न सकेन आम्दानी 

शनिबार, वैशाख ३१ २०७९
रेमिट्यान्स र पर्यटन बाहेक पनि विदेशी मुद्रा आम्दानीका स्रोत विस्तार हुँदै

पछिल्लो समय नेपालमा ज्ञानमा आधारित सेवाको विस्तार बढ्दै गएपनि सहज थिएन।

काठमाडौं- नेपालले वैदेशिक मुद्रा प्राप्त गर्ने स्रोतमध्ये सेवा क्षेत्रमा विस्तार गरेको देखिएको छ। सेवाको आम्दानीमा पर्यटन बाहेक अरु क्षेत्रको चर्चा नभएपनि पछिल्लो समय त्यस्ता स्रोतबाट हुने आम्दानी बढ्दै गएको छ। 

वस्तु आयातमा विदेशीने मुद्राको सन्तुलन मिलाउनका लागि नेपालले श्रम तथा सेवाबाट गरेको आम्दानीको मुख्य भुमिका हुन्छ।

वस्तु व्यापार घाटालाई सन्तुलनमा राख्‍नका लागि अहिलेसम्म मुख्य भुमिका खेलिरहेको रेमिट्यान्स दिगो स्रोत हुन नसक्नेमा सबैको सहमति छ। तर, दिगो विकल्पका रुपमा पर्यटनलाई धेरैले औल्याउँदै आएका छन्। 

पर्यटनसँगै पछिल्लो समय नेपालले आम्दानी गर्नसक्ने अन्य सेवाहरु पनि देखिएका छन्। अर्थात् ज्ञानमा आधारित सेवाबाट नेपालले विदेशी मुद्रा भित्र्याइरहेको छ।

नेपालीहरुले बौद्धिक काम गरेबापत विदेशबाट ल्याउने यस्तो आम्दानी  पछिल्ला वर्षहरुमा बढ्दै गएको छ। 

नेपालमै बसेर कम्पनी तथा व्यक्तिहरुले सफ्टवेयर बनाउने, परामर्श दिने तथा अन्य व्यवसायिक सेवा दिए बापत विदेशबाट पैसा  कमाउँछन्। अहिले राष्ट्र बैंकले यसरी आउने आम्दानीलाई अन्य व्यापारिक सेवा भन्ने शीर्षकमा राख्दै आएको  तर तथ्यांकको उपलब्धतता बढ्दै गएपछि मुख्य क्षेत्रको छुट्टै आम्दानीको शीर्षक राखेर जाने नेपाल राष्ट्रको तयारी छ। 

पछिल्लो समय नेपालमा ज्ञानमा आधारित सेवाको विस्तार बढ्दै गएपनि सहज थिएन।

गएको वर्षदेखि नेपाल राष्ट्र बैंकले सफ्टवेयरको कारोबारलाई पनि वस्तु व्यापार जस्तै मानेर सहज नियमनको व्यवस्था गरिदिएको थियो। यस्ता अन्य व्यापार तथा सेवाबाट नेपालले नौ महिनामा १६ अर्ब बराबरको विदेशी मुद्रा आम्दानी गरेको छ। 

तर बौद्धिक सम्पत्तिको प्रयोग बापत भने नेपालबाट मुद्रा विदेशिएकोमात्र छ। नेपालमा भने खासै भित्रिने गरेको छैन। 

नेपालका दूरसञ्चार सेवाप्रदायक कम्पनीहरुले विदेशबाट आफ्नो नेटवर्कमा फोन आए बापत् कमाउने राजश्व भने घट्दै गएको छ। इन्टरनेट एप्लिकेशनको प्रयोगबाट भ्वाइस कलको उपयोग घट्दै गएपछि टेलिकम कम्पनीहरुको विदेशबाट हुने आम्दानी घटेको हो। 

राष्ट्र बैंकका अनुसार चालू वर्षको नौ महिनामा ६ प्रतिशतले आम्दानी घटेको छ। यो वर्ष  नौ महिनामा दूरसञ्चारको सेवा प्रयोग भए बापत विदेशबाट १० अर्ब १० करोड रुपैयाँ बराबरको विदेशी मुद्रा आम्दानी गरेका छन्। 


प्रकाशित : शनिबार, वैशाख ३१ २०७९०३:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend