बिहीबार , वैशाख २० गते २०८१    
images
images

उद्योगपति विनोद चौधरीले नवलपुरको देउचुलीबाट गरे मतदान

images
बिजनेस न्युज
images
images
उद्योगपति विनोद चौधरीले नवलपुरको देउचुलीबाट गरे मतदान

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले आज नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन्। 

images
images

काठमाडौं- स्थानीय तहको निर्वाचनमा यो पालि उद्योगी व्यवसायीले उत्साहजनक रुपमा सहभागिता जनाएका छन्। व्यवसायीहरूले आफूले मतदान गरेको तस्बिर खुसीका साथ सार्वजनिक गरेका छन्। 

images
images
images

यसअघिका चुनावमा चुनावको समयमा धेरैजसो हाइप्रोइफाइल व्यवसायीले चुनावलाई यसरी उत्सवका रुपमा स्वागत गरेको सार्वजनिक गर्दैनथिए। 

images

मतदान गर्नेमा हाइप्रोफाइल व्यवसायीमध्येका एक हुन् उद्योगपति विनोद चौधरी। 

images

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरीले आज नवलपुरको देवचुली नगरपालिका-२ को दिव्य युवा समाज भटक मतदान केन्द्रमा मतदान गरेका हुन्। 

images
images

नेपालका एकमात्र फोर्ब्स डलर अर्बपति चौधरीले लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष जनताले निर्वाचन मार्फत् आफ्नो नेतृत्व आफै छान्न पाउनु रहेको भन्दै निर्वाचनमा विजय हुने सबै जनप्रतिनिधिहरुलाई जनताको मतको भावनाअनुसार अघि बढ्ने सफलता मिलोस् भन्ने आफ्नो शुभकामना रहेको बताए। 

bc`.jpeg

संघीय संरचनामा गएपछि दोस्रोपटक हुन लागेको स्थानीय निर्वाचनमा व्यवसायी तथा सबै क्षेत्रमा व्यक्तिले उत्साहजनक सहभागिता जनाइरहेका छन्। 

निर्वाचन आयोगका अनुसार ३५ हजार २ सय २१ पदका मतदान भइरहेको छ। यो पालिको निर्वाचनमा १ लाख ४५ हजार ११ उम्मेदवारी दिएका छन्। यसमध्ये ३ सय ९० जना निर्विरोध भइसकेका छन्। 

१ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता छन्। यसका लागि आयोगले देशभर १० हजार ७५६ मतदानस्थल र २१ हजार ९५५ मतदान केन्द्र रहेका निर्वाचन आयोगले जानकारी दिएको छ। 

bc2.jpeg

 

images

प्रकाशित : शुक्रबार, वैशाख ३० २०७९०५:३०
प्रतिक्रिया दिनुहोस