बुधबार, वैशाख १२ गते २०८१    
images
images

आफ्नो प्रस्तावलाई भारतले नस्वीकारेमा मस्कले टेस्लाको नयाँ एसियन उत्पादन हब कहाँ बनाउलान्?

images
images
images
आफ्नो प्रस्तावलाई भारतले नस्वीकारेमा मस्कले टेस्लाको नयाँ एसियन उत्पादन हब कहाँ बनाउलान्?

भारतीय कार उत्पादकहरुले नै विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिएकाले पनि भारत सरकारले तयारी कार आयातमा कर घटाउने सम्भावना न्युन छ।

images
images

काठमाडौं- विश्वभरका सडकमा टेस्लाका विद्युतीय कार कुदाउने चाहना कम्पनीका संस्थापक तथा सीईओ एलन मस्कलाई छ। त्यसैले अमेरिकासँगै विभिन्न देशमा टेस्लाका प्लान्टहरु खुल्नेक्रम बढेको छ। अमेरिका पछि टेस्लाको दोस्रो र अमेरिका बाहिर पहिलो टेस्ला गिगा चीनको सांघाईमा खुलेको हो। त्यसपछि टेस्लाले जर्मनी र अमेरिकामै दोस्रो प्लान्ट स्थापना गरेको छ। 

images
images
images

चिनियाँ बजारलाई केन्द्रित गरेर सांघाईमा टेस्लाको प्लान्ट स्थापना गरेका मस्क एसियाली बजारमा कार बिक्री गर्न अर्को प्लान्ट स्थापना गर्न चाहिरहेका छन्। त्यसका लागि उनले भारतलाई उपयुक्त मुलुक मानेका थिए, आन्तरिक बजार र निर्यात सहजताका कारण। 

images

तर मस्कको चाहनामा भारत सहज बनिदिएन। भारत आउन मस्क पहिलो तयारी कारको कर घटोस् भन्ने चाहन्छन् भने भारत पहिलो कार उत्पादन गर्ने योजना लिएर आओस् भन्ने चाहन्छ। भारतमा हाल तयारी कार आयात गर्दा १ सय प्रतिशतसम्म कर लाग्ने व्यवस्था रहेको छ। मस्क भने पहिले भारतमा कार लगेर बिक्री गर्ने, त्यसमा उपभोक्ताको प्रतिक्रिया कस्तो पाइन्छ त्यही आधारमा प्लान्ट लगाउने वा नलगाउने निर्णय लिनेमा छन्। भारत भने सिधै कार उत्पादन प्लान्ट लिएर मात्र आउनु पर्ने सर्तमा अडिग छ। 

images

भारतको उक्त जिद्दिपूर्ण निर्णयले मस्कलाई भनइ भारतलाई नै असर पर्न सक्छ। मस्क भने भारतले सहजीकरण नगरे विकल्पमा अन्य उपयुक्त मुलुकमा जाने सोच बनाएर छलफलमा लागि सकेका छन्। यसैसन्दर्भमा उनले हालै इन्डोनेसियाका राष्ट्रपतिलाई भेसिसकेको द इकोनोमिक टाइम्सले लेखेको छ। आफ्नो निर्णयमा पुनर्बिचार नगर्ने हो भने भारतले विश्वको चर्चित कार उत्पादकले आफ्नो देशमा प्लान्ट लगाउने कुरा गुमाउने छ। नयाँ दिल्लीले ठूलै अवसर अन्यत्र पठाउने निश्चित प्रायः छ। 

images
images

इन्डोनेसियाले भने विद्युतीय कार उत्पादक तथा ब्याट्री उत्पादकलाई आफ्नो देशमा आउने प्रेरित गर्न विभिन्न स्किमहरु ल्याएको छ। सप्लाइ चेनको समस्यालाई समेत सम्बोधन गर्ने इन्डोनेसियाका मन्त्रालयहरुले बताएका छन्। इन्डोनेसियाले विद्युतीय सवारी उत्पादकलाई प्रवद्र्धन गर्ने नीति लिएसँगै त्यहाँ अर्बौं डलर लगानी प्रतिवद्धता आइसकेको छ। एलजी इनर्जी सोलुसन र अन्य कम्पनीले सप्लाइ चेनलगायतको व्यवस्थापनका लागि करिब ९ अर्ब डलर लगानी गर्ने बताइसकेका छन्। इन्डोनेसियामै हुन्डाई मोटर कम्पनीले पनि ब्याट्री स्थापना गर्ने घोषणा गरिसकेको छ। 

कार उत्पादकको रोजाइनमा इन्डोनेसिया नगरे पनि त्यहाँको नीतिलगायतले भने धेरै उत्पादकले प्लान्ट स्थापना गर्दै आएका छन्। सप्लाइ चेन मेन्टेन गर्न, चार्जिङ स्टेसनलगायतका कारण पनि इन्डोनेसिलाई उपयुक्त मानिएको छैन। यसका अतिरिक्त एलन मस्कले इन्डोनेसियाका केही स्थानको अवलोकन समेत गरेका छन्। 

अन्य कुराले धेरै साथ नदिएपनि व्यवसायमैत्री वातावरणले धेरैलाई इन्डोनेसियातर्फ आकर्षित गर्ने गरेको छ। यस्तै आकर्षित हुनेमा टेस्ला तथा एलन मस्क हुनसक्छन्। 

यता भारतका सडक यातायात तथा हाइवे मन्त्रीनितिन गडकरीले अघिल्लो महिना टेस्लाका लागि भारमा कार उत्पादन प्लान्ट स्थापना गर्नु लाभदायक हुने बताएका थिए। तर तयारी कार आयातमा कर सहुलियत दिने विषयमा भने उनले केही बताएनन्। 

हाल भारतमा कार उत्पाादन गरिरहेका टोयोटालगायत कम्पनी र कार बिक्रीमा भारतको सबैभन्दा ठूलो बजार हिस्सा भएको मारुती सुजुकी इन्डियाले पनि विद्युतीय कार उत्पादनमा तत्काललाई प्राथमिकतामा राकेको पाइँदैन। यद्यपी टोयोटाले भने भारतमा ब्याट्री उत्पादन गरेर निर्यातसमेत गर्ने भन्दै ६२ करोडभन्दा बढी अमेरिकी डलर लगानी गर्ने घोषणा गरेको छ। 

टेस्लाको भारतमा आउने सम्भावना समाप्त भइनसके पनि मस्कले विकल्पहरु खोजी रहेका छन्। केही दिनअघि विश्वकै सबैभन्दा ठूलो भ्याक्सिन उत्पादक कम्पनी सिरम इन्स्टिच्युटका प्रमुख आदर पुनावालाले समेत मस्कलाई भारतमै लगानी गर्न आग्रह गरेका थिए।

भारतीय कार उत्पादकहरुले नै विद्युतीय कार उत्पादनलाई उच्च प्राथमिकता दिएकाले पनि भारत सरकारले तयारी कार आयातमा कर घटाउने सम्भावना न्युन छ। अर्को कुरा तयारी विद्युतीय कारको कर घटाउने हो भने टेस्लासँगै चिनियाँ विद्युतीय कार भारत भित्रिएर स्वदेशी उत्पादकहरु संकटमा पर्ने अनुमान भारत सरकारको छ।

भारत सरकारले समयमै टेस्लाको माग सम्बोधन नगर्ने हो भने टेस्लाले भारत बाहेकको देशमा टेस्ला गिगा फ्याक्ट्री पक्कै खोल्ने छ।

images

प्रकाशित : शनिबार, वैशाख ३१ २०७९०६:१८

प्रतिक्रिया दिनुहोस