बिहीबार , चैत ७ गते २०८१    
बिहीबार , चैत ७ २०८१
images
images

सातामा चार दिन बढेको बजार अन्तिम दिन ओरालो लाग्यो, विश्वस्त हुने आधार नभेटिएको हो?

images
बिहीबार , वैशाख २९ २०७९
images
images
सातामा चार दिन बढेको बजार अन्तिम दिन ओरालो लाग्यो, विश्वस्त हुने आधार नभेटिएको हो?
images
images

काठमाडौं- यो साता लगातार चार दिन बढेको बजार कारोबारको अन्तिम दिन बिहीबार भने घटेको छ। यो साता चार दिनको कारोबारमा बजारमा हरियाली छाउँदै १३०.४४ अंकको वृद्धि देखिएको थियो। बिहीबार भने बजार १८.६४ अंकले घटेर २३५०.४२ बिन्दुमा झरेको छ।

images
images

बिहीबार २ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ। जसमा ३४ कम्पनीको सेयर मूल्य बढ्दा १५१ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छ। 

images
images

यो साता आइतबार १७.९५ अंकले बढेको बजार सोमबार १२.२७ अंकले बढेको थियो। मंगलबार ४४.१६ अंकले बढेर बजार २३१३.०० बिन्दुमा पुगेको थियो। बुधबार पनि ५६.०६ अंकको वृद्धिसहित बजार २३६९.०६ बिन्दुमा पुगेको थियो।

images
images

गएको साता तीन दिनकै कारोबारमा ११७.५५ अंकको गिरावट आएको सेयर बजारमा यो साता कारोबारको चार दिनको वृद्धिले बजार केही थामिएको थियो। बिहीबारको बजारको अवस्थाले अब चुनावपछि के हुन्छ भन्ने यकिन बाटो देखिँदैन। ठूला लगानीकर्ताको चलखेलबाट बजार अझै बाहिर निस्कन नसकेको विश्लेषकहरू बताउँछन्। 

सुस्ताएको बजारमा चार दिनको वृद्धिले लगानीकर्ताको विश्वास फर्कन थालेको विश्लेषकहरूले बताइरहँदा अझै विश्वस्त हुने यकिन आधार देखिएको छैन। चार दिनको वृद्धिले केही राहत मिलेको भएपनि घटिरहेको बजार केही बढ्न थाल्दा लगानीकर्ताहरू प्यानिक सेलमा देखिन्छन्। चुनावी माहोल बढ्दै जाँदा बजारमा लगानीकर्ताको साथ मिलिरहेको विश्लेषण भइरहँदा लगानीकर्ताहरू सम्हालिन सकेका छैनन्।

विगतका समयमा पनि चुनावको समयमा बजारमा पैसा निस्कने हुँदा त्यसको प्रभाव सेयर बजारमा पर्ने भन्दै केही ठूला लगानीकर्ताले बजार बढ्ने हल्ला राम्रै चलाएका थिए। तर, इतिहासलाई हेर्ने हो भने चुनावको समयमा बजारमा मिश्रित प्रभाव नै परेको देखिन्छ। अहिलेको बजारमा पनि चुनावकै कारण खास प्रभाव परेको देखिँदैन। 


प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend