शुक्रबार, जेठ २९ गते २०८३    
शुक्रबार, जेठ २९ २०८३

भारतीय प्लान्टबाट विद्युतीय कार बनाएर निर्यात गर्ने योजनाबाट पनि पछि हट्यो फोर्ड

बिहीबार , वैशाख २९ २०७९
भारतीय प्लान्टबाट विद्युतीय कार बनाएर निर्यात गर्ने योजनाबाट पनि पछि हट्यो फोर्ड

तर बिहीबार अमेरिकी कार उत्पादक फोर्डले भारतमा विद्युतीय कार उत्पादन गरेर निर्यातको सम्भावना समेत न्युन रहेको बताएको हो।

काठमाडौं- २०२१ को सेप्टेम्बरमा अमेरिकी कार उत्पादक कम्पनी फोर्डले भारतीय उत्पादन बन्द गर्ने घोषणा गर्‍यो। यो घोषणाले भारतसँगै वरिपरिका फोर्ड गाडी बिक्री हुने देशसम्म चकित गरेका थिए।

त्यसको केही महिनामा फोर्डले भारतको एउटा प्लान्टबाट विद्युतीय कार उत्पादन गर्ने र त्यसलाई तेस्रो देश निर्यात गर्ने सम्भावना रहेको बताएको थियो। त्यहीअनुसार फोर्डको तामिलनाडूमा रहेको प्लान्ट बन्द नहुने फोर्डले बताएको थियो। 

तर बिहीबार अमेरिकी कार उत्पादक फोर्डले भारतमा विद्युतीय कार उत्पादन गरेर निर्यातको सम्भावना समेत न्युन रहेको बताएको हो। योसँगै फोर्डको भारतमै प्लान्ट राखेर कार उत्पादन गर्ने बाटो पूर्णतः बन्द हुने भएको इकोनामिक टाइम्सले लेखेको छ। यो कुरा फोर्ड इन्डियाको व्यवस्थापनले चेन्नइ प्लान्टका कामदारहरुलाई बताएको हो। 

भारत सरकारले विद्युतीय कार उत्पादकहरुलाई निश्चित मापदण्ड बनाएर सहुलियत दिने योजना ल्याएको थियो। त्यही अन्तर्गत छनोट भएको २० कम्पनी मध्ये फोर्ड इन्डिया पनि एक थियो। तर भारतमा विद्युतीय कार उत्पादन गरेर निर्यातको सम्भावना समेत अनुकुल नहुने निष्कर्षमा पुगेपनि उक्त सरकारी स्किम रद्द गर्न सरकार समक्ष फोर्डले निवेदन दिएको छ। 

२०२२ फेब्रुअरीमा भारत सरकारले प्रोडक्सन लिंक्ड इन्सेन्टिभ (पीएलआई) स्किम ल्याएको थियो। 

फोर्डको उक्त निर्णयले भारतमा मात्र नभइ भारतबाट फोर्डका कार निर्यात हुने देशहरुमा समेत सकारात्मक सन्देश गएको थिएन। फोर्डले भारतीय उत्पादन प्लान्टबाट २ अर्ब डलरभन्दा बढी सञ्चालन घाटा रहेको र विद्युतीय कार उत्पादनमा केन्द्रित हुने भन्दै उक्त निर्णय गरेको थियो। 

भारत छाड्ने घोषणा गरेको करिब ४ महिनापछि फोर्डले आफ्नो निर्णयमा पुनर्विचार गरेको छ। तर पुनः त्यसको ४ महिनापछि भारतमा विद्युतीय कारसमेत उत्पादन नगर्ने निष्कर्ष निकालेको हो। 


प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend