बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

चुनावमा सेयर बजार बढ्छ भन्ने हल्लाले लगानी गरेकाहरू फसेका हुन्?

शुक्रबार, वैशाख ३० २०७९
चुनावमा सेयर बजार बढ्छ भन्ने हल्लाले लगानी गरेकाहरू फसेका हुन्?

काठमाडौं- सरकारले फागनको पहिलो साता स्थानीय तहको चुनावको मिति तोकिरहेको बेला सेयर बजारमा आम लगानीकर्ता उत्साहित बनेका थिए। बजार ३२ सयको बिन्दुबाट ओरोला लागिरहेको बेला एकाएक चुनावी गफ सुरु भयो। जसले लामो समयसम्म नेप्से परिसूचक २८ सयको मनोवैज्ञानिक बिन्दुमा रहेको थियो।

विगतका समयमा पनि चुनावको समयमा रकमान्तर हुने भएकाले त्यसको प्रभाव सेयर बजारमा पर्ने भन्दै केही ठूला लगानीकर्ताले बजार बढ्ने हल्ला राम्रै चलाएका थिए। तर, इतिहासलाई हेर्ने हो भने चुनावको समयमा बजारमा मिश्रित प्रभाव परेको देखिन्छ। 

विशेषगरी  साना  लगानीतकर्ताहरू भने चुनावी समयमा बजार बढ्ने भन्दै हौसिएर लागिपर्दा बेलाबखत घाटा व्यहोरिरहेका छन्। बजारको अवस्था विश्लेषण नगरी हल्लाको पछि लाग्नेहरू सम्हालिन आवश्यक रहेको विश्लेषकहरू बताउँछन्। 

पछिल्लो फागुनबाटै बजार घटेर अहिले २२ सयको टेकोमा अडेर बजार माथि जाने प्रयासमा छ। यद्यपी चुनावी माहोलका कारण बजार बढेको भन्ने आधार भने छैन। बजार मूल्य निकै सस्तो भएकाले पनि केही घटेपछि बजार फर्किने प्रयासमा देखिएको विश्लेषकहरू बताउँछन्। एक लगानीकर्ता तुलसीराम ढकाल भन्छन्, ‘बजार अहिले नै बढेकोमा खुसी हुने अवस्था छैन। धेरै घटेका बेला केही बढे पनि पुन: घट्न सक्छ।’

यो समय नेप्से सूचक एक-ढेड वर्षयताकै न्यूनतम बिन्दुसम्म खस्न पुग्यो। लगानीकर्ताहरू आफूसँग भएको सेयर पनि सस्तो मूल्यमा बेच्न बाध्य हुन पुगे। चुनावमा बजार बढ्छ भनेर आशावादी बनेका लगानीकर्ता एकाएक निराश हुँदै बाहिरिन थालेका छन्।

लगानीकर्ता अहिले प्यानिक सेलमा देखिन्छन्। बजार निकै घटेर थामिएकोले थोरै नाफा हुँदा पनि बजार बढ्दा लगानीकर्ता सेयर बेच्न लागिरहेका छन्। अहिले खरिद चाप र बिक्रेताबीचको प्रेसरले बजारमा साताभर नै उतारचढाव आइरहेको छ। खरिदमा चाप देखिएको छ भने लगानीकर्ताहरू प्रोफिट बुक गरिरहेका छन्।

यस्तो छ प्राविधिक विश्लेषण

sh da.jpg

नेप्सेको मैनबत्ती चित्रमा सात दिनको कारोबारमा तीन वटा कालो मैनबत्ती र चार दिन सेतो मैनबत्तीको आकृति बनेको छ। भर्‍याङ शैलीमा बनेका यी आकृति बजार बुलिशतर्फ फर्किएको संकेत गरेको छ।

अल्पकालीन प्रवृति देखाउने यस बजारले बजार बलियो बन्न नसकेको प्रष्ट पारेको छ। अवस्था हेर्दा बजारमा बढ्दो दर नै रहेको संकेत गर्छ। पछिल्लो सात दिनको सेयर कारोबारलाई हेर्दा बजार बुलिसतर्फ गएको हो भन्ने आधार देखिँदैन। २२ सयमुनिको टेवा पाएर २३ सयबाट माथि चढ्ने प्रयासमा विस्तारै सेतो ठूलो ह्यामर आकारको आकृति निर्माण भए पनि खरिद चाप बढ्दा कमजोर बन्न पुगेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख ३० २०७९०१:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend