मंगलबार, साउन ५ गते २०८३    
मंगलबार, साउन ५ २०८३

यसरी गर्नुहाेस् नोटको जतन, राष्ट्र बैंकको ९ सुझाव

बुधबार, असोज ६ २०७८
यसरी गर्नुहाेस् नोटको जतन, राष्ट्र बैंकको ९ सुझाव

नेपाल राष्ट्र बैंकले जतन गरेर नोटको प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ। बैंकले दसैँका लागि नयाँ नोट सटही सुविधा सुुरु गरेपछि यस्तो अनुरोध गरेको हो।

काठमाडौं-  नेपाल राष्ट्र बैंकले जतन गरेर नोटको प्रयोग गर्न सर्वसाधरणलाई अनुरोध गरेको छ। बैंकले दसैँका लागि नयाँ नोट सटही सुविधा सुुरु गरेपछि यस्तो अनुरोध गरेको हो।

बैंकले असोज ४ गतेबाट नयाँ नोट सटही सुविधा सुरु गरेको थियो। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूमा सेवा लिन आउने सर्वसाधारण सेवाग्राहीले स्पष्ट देख्ने गरी आफ्ना सबै सटही काउण्टरहरुमा संलग्न बमोजिमको नोटको हिफाजतपूर्ण तरीकाले प्रयोग गर्नेसम्बन्धी सूचना गर्नसमेत निर्देशन दिएको छ।

यसैगरी, सूचना टाँस गरी सर्वसाधारण सेवाग्राहीमा नोटको हिफाजत सम्बन्धी सचेतना गराउनसमेत बैंकले आग्रह गरेको छ।

नोट जतन गर्न ९ सुझाव

-  नोट राष्ट्रको सम्पत्ति हो, यसको हिफाजात गरौँ।

-  नोटको जतन गर्न मनी ब्यागको प्रयोग गर्ने बानी बसालौँ। 

- नोटमा जथाभावी केरमेट नगरौँ ।

- आफ्नो कारोवार नोट प्रयोग गर्नुभन्दा डिजिटल बैंकिङको प्रयोग गरौँ। भुक्तानीमा कार्ड वा वालेटको प्रयोगको प्रयोग गरौँ।

- सुकिला नोटको प्रयोग गर्ने बानी बसालौँ। 

- चाडपर्व तथा अन्य समयमा पूजा आजा गर्दा वा कुनै काम गर्दा मैलिएका हातहरुले नोट नछोऔँ। 

- टांचा वा स्टिच लगाउँदा नोट च्यातिने र निकाल्न गाह्रो हुने तथा नोटको आयु घट्ने हुँदा, यस्तो कार्यलाई निरुत्साहित गरौँ।

- नोटलाई मठ-मन्दिर वा पूजा पाठ आदि धार्मिक कार्यमा प्रयोग गर्दा नोटमा रंग, अविर, पानी, दूध, रगत आदि नपारौँ। बरु दान पेटिकामा हाल्ने वा सम्बन्धित धार्मिक अनुष्ठानको रसिद काटी चन्दा प्रदान गर्ने चलन चलाऔँ।

- कारोबारको क्रममा संकास्पद नोटहरु पाइएमा नजिकैको नेपाल राष्ट्र बैंकको कार्यालय वा अन्य बैंक तथा वित्तीय संस्थामा दाखिला गरौ वा जानकारी दिऔँ।


प्रकाशित : बुधबार, असोज ६ २०७८११:३२
  • सम्बन्धित विषय:

  • # नोट
  • # राष्ट्र बैंक


  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend