बिहीबार , वैशाख १३ गते २०८१    
images
images

गौतम बुद्धले पायो अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता

images
images
images
गौतम बुद्धले पायो अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता
images
images

काठमाडौं- भैरहवामा निर्माण भएको 'गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल'को अन्तर्राष्ट्रिय विमानस्थलको रूपमा प्रमाणीकरण सम्पन्न भएको छ। योसँगै विमानस्थलले अन्तर्राष्ट्रिय विमानस्थलको मान्यता पाएको छ।

images
images
images

जेठ २ गतेबाट व्यवसायिक उडानको तयारी भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले मे ११ मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन आईकाओबाट अन्तर्राष्ट्रिय विमानस्थलको प्रमाणीकरण पत्र पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले बताए।

images
airport c.JPG

विमानस्थल निर्माणको काम सकिएसँगै फागुनमा क्यालिब्रेसन उडान भएको थियो। क्यालिब्रेस उडानको सफलतासँगै बैशाख १५ गते नेपाल एयरलाइन्सको वाइडबडी जहाजमार्फत विमानस्थलमा डेमो उडानसमेत भएको थियो।

images

भारतीय वायु सेनाको जहाजले समेत भैरहवाका अवतरण गरिसकेको छ। विमानस्थलको व्यावसायिक उडान बुद्ध जयन्तीका दिन जेठ २ गतेबाट हुँदैछ। विमानस्थलमा जजिरा एयरको उडानबाट व्यावसायिक उडान सुरु हुनेछ। व्यावसायिक उडानका दिन प्रधानमन्त्री शेरबहादुर देउवाको समेत उपस्थिति रहनेछ।

images
images

जजिरा एयरको जहाज जेठ २ गते बिहान ७ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छ। सोही अवसरका व्यवसायिक उडान सुरुवातको विशेष कार्यक्रमसमेत हुनेछ।

images

प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०७:३०

प्रतिक्रिया दिनुहोस