शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

भैरहवाबाट सबै प्रदेशमा उडान गर्दै बुद्ध एयर 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , वैशाख २९ २०७९
images
भैरहवाबाट सबै प्रदेशमा उडान गर्दै बुद्ध एयर 

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि त्यहाँ आउने यात्रुलाई अर्को आन्तरिक विमानस्थलसम्मको सेवा दिनका लागि उडान सुरु गर्न खोजिएको बुद्धले जानकारी दिएको छ। 

images
images

काठमाडौं (बैशाख, ३०)- भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएर सञ्चालनमा आउनेभएपछि बुद्ध एयरले अन्तर प्रदेश उडान गर्ने भएको छ। 

images
images
images

काठमाडौंपछि पोखरालाई हब बनाएर उडान विस्तार गरेको बुद्धले अब भने भैरहवाबाट पनि सबै प्रदेश जोड्नेगरी उडान सुरु गर्ने भएको छ। 

images
images

पोखराबाट गरिएको अन्तर प्रदेश उडान सफल भएपछि बुद्धले भैरहवाबाट पनि त्यस्तै उडान गर्ने जानकारी दिएको छ। 

images
images

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएपछि त्यहाँ आउने यात्रुलाई अर्को आन्तरिक विमानस्थलसम्मको सेवा दिनका लागि उडान सुरु गर्न खोजिएको बुद्धले जानकारी दिएको छ। 

अहिले बुद्धले भैरहवाबाट पोखरा र भरतपुर उडान  गरिरहेको छ। 

भैरहवाबाट विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, नेपालगञ्ज र धनगढीमा  क्रमशः उडान सुरु गर्ने योजना रहेको बुद्ध एयरले जानकारी दिएको छ। 

 


प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०५:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend