काठमाडौं- बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ८ सय रुपैयाँ बढेको छ। बुधबार नेपाली बजारमा ९७ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार ८ सय रुपैयाँ बढेर ९७ हजार ८ सय रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ बढेको छ। बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ तोकिएको छ। बुधबार चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।