शनिबार, वैशाख २९ गते २०८१    
images
images

आईपीओ भर्दै हुनहुन्छ, कुन बैंकले कति लिन्छ शुल्क?

images
images
images
आईपीओ भर्दै हुनहुन्छ, कुन बैंकले कति लिन्छ शुल्क?

२७ वटा वाणिज्य बैंकहरू मध्ये १० वटा बैंकले सेयर भर्दा सेवा शुल्क लिँदैन। बाँकी १७ वटा बैंकले भने सेवा शुल्क लिन्छ। तर, सेवा शुल्कमा पनि एकरुपता छैन।

images
images

काठमाडौं- साहस ऊर्जा लिमिटेडले आजदेखि (बुधबार) सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता प्राथमिक सेयर निष्काशन गर्न लागेको हो। 

images
images
images

निष्काशन गरिने प्रारम्भिक सेयरमध्ये पाँच प्रतिशत अर्थात् तीन लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँट गरेको र तीन प्रतिशत अर्थात् दुई लाख १० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ। बाँकी रहने ६४ लाख ४० हजार कित्ता सेयरमा सर्वसाधारणले यही असोज ६ गतेदेखि आवेदन दिन पाउने भएका छन्।

images

यसरी निकाशन भएको प्राथमिक सेयर (आईपीओ) मेरो सेयरको एपबाट अनलाइन भर्न सकिन्छ। तर, त्यसका लागि बैंकसँग जोडिएको हुनुपर्छ। जुन बैंकसँग जोडिएको छ त्यही बैंकको खाताबाट रकम काटिने गरी सेयर भर्न सकिन्छ। तर, यसरी सेयर भर्दा बैंकले सेवा शुल्क वापत (आस्वा) रकम लिने गर्छन्। तर, केही बैंकहरूले पनि नि:शुल्क सेवा दिएका  छन्।

images

२७ वटा वाणिज्य बैंकहरू मध्ये १० वटा बैंकले सेयर भर्दा सेवा शुल्क लिँदैन। बाँकी १७ वटा बैंकले भने सेवा शुल्क लिन्छ। तर, सेवा शुल्कमा पनि एकरुपता छैन।

images
images

बैंकअनुसार फरक फरक छ। त्यसमा पनि सबैभन्दा बढी स्टान्डर्ड चार्टर्ड बैंक एक सय रुपैयाँ लिन्छ। यसबाहेक नेपाल एसबिआई बैंक र लक्ष्मी बैंकले २५ रुपैयाँ लिन्छन्।

यसैगरी सिटिजन, एभरेष्ट, हिमालयन, कुमारी, नेपाल इन्भेष्टमेन्ट र एनएमबीले २० रुपैयाँ सेवा शुल्क लिन्छ।

साथै कृषि विकास बैंक, बैंक अफ काठमाडौं, माछापुच्छ्रे , नेपाल बंगलादेश, प्रभु, प्राइम, सनराइज र सिभिल बैंकले १० रुपैयाँ सेवा शुल्क लिन्छन्।

यसैगरी सिद्धार्थ, सानिमा, राष्ट्रिय वाणिज्य बैंक, एनआईसी एसिया, एनसीसी, नेपाल बैंक, नबिल, ग्लोबल आईएमई बैंक र सेन्चुरी बैंकले कुनै शुल्क लिँदैन।

पछिल्लो समय विभिन्न कम्पनीको प्राथमिक सेयर (आईपीओ) जारी भइरहेको छ। आईपीओमा आवदेन दिने ग्राहकको संख्या पनि २५ लाखको हाराहारीमा पुगिसकेको छ।

यसबाहेक विकास बैंक तथा फाइनान्स कम्पनीहरूले पनि सेवा शुल्क लिन्छन्। जसमा एकरुपता देखिँदैन।

images

प्रकाशित : बुधबार, असोज ६ २०७८११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend