शुक्रबार, चैत १६ गते २०८०    
images
images

सीजी मोटर्सले ल्याउन लागेको नयाँ विद्युतीय कार चीनबाट हिँड्यो नेपाल

images
images
सीजी मोटर्सले ल्याउन लागेको नयाँ विद्युतीय कार चीनबाट हिँड्यो नेपाल

यो कारको सबैभन्दा सवल पक्ष भनेको रेन्ज र आधुनिक प्रविधियुक्त विशेषता नै हो।

images
images

काठमाडौं- चौधरी समूहअन्तर्गतको सीजी मोटर्सले ल्याउन लागेको नयाँ विद्युतीय कार नेपालतर्फ सिपमेन्ट भएको छ। चीनबाट नेपालतर्फ आएका ती कार अबको दुईसाताभित्र काठमाडौं आइपुग्ने छन्। 

images
images
images

सीजी मोटर्सले छोटो समयमा विद्युतीय कार उत्पादनबाट चर्चा बटुल्न सफल होजोन अटोले उत्पादन गरेको निटा भी कार नेपाल ल्याउन लागेको हो। सीजी मोटर्स होजोनको नेपालका लागि आधिकारिक बिक्रेता नियुक्त भएसँगै कम्पनीले एलसी खोलेर निटा भी विद्युतीय कार ल्याउन लागेको हो। 

images

भविष्यको सवारी ‘न्यु इनर्जी’ सवारी भएकाले चौधरी समूह विद्युतीय सवारी ब्रान्डसहित नेपाली अटोमोबाइल बजारमा प्रवेश गरेको हो।  

images
images

सीजी मोटर्सले चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी होजोन अटो (होजोन अटो न्यू इनर्जी अटोमोबाइल कम्पनी लिमिटेड) का क्रसओभर कार नेपाली बजारमा ल्याएको हो। हाल उक्त कम्पनी निटा ब्रान्डमा क्रसओभर विद्युतीय कार उत्पादन गर्दै आएको छ। कम्पनीले उत्पादन गरेका विभिन्न मोडलका विद्युतीय कार नेपालमा उपलब्ध गराउने तयारी सीजी मोटर्सको छ।

त्यहीअनुसार पहिलो चरणमा केही संख्यामा कार मगाएको र उक्त कार नेपाल आएपुगेपछि अन्य कारहरू मगाउँदै जाने कम्पनीले जनाएको छ। 

न्यू इनर्जी सवारी आयात गर्ने निष्कर्षमा पुगेपछि चौधरी समूहले धेरै रेन्ज दिने, उपयुक्त मूल्यको विद्युतीय सवारी नेपाली उपभोक्तालाई उपलब्ध गराउने चाहना पूरा गर्न चिनियाँ कम्पनी रोजेर सम्झौता गरेको हो। 

होजोन अटो सन् २०१४ मा स्थापना भएको थियो। चीनको झेजियाङ प्रान्तमा यो कम्पनी खुलेको हो। यो कम्पनीले अमेरिकाको सिलिकन भ्यालीमा अटोनोमस भेहिकल रिसर्च सेन्टर २०१८ मा स्थापना गरेको थियो।

होजोन अटोमोबाइल चिनियाँ विद्युतीय सवारी उत्पादकहरूमा टेप ब्रान्डमा पर्दछ। होजोनको मुख्य विशेषता भनेको उच्च प्रविधियुक्त सवारी र सवारीले दिने माइलेज नै हो। यो कम्पनी विशुद्ध विद्युतीय कार उत्पादनकै लागि बनेको र त्यही अनुरुपका कार डिजाइन भएका छन्। त्यसैले पनि होजोनको निटा भी कार उत्कृष्ट ठहर्दै आएको छ। 

कम्पनीले सन् २०१७ मा पहिलो पटक आफ्नो कन्सेप्ट कार सार्वजनिक गरेको थियो। कम्पनीले २०१८ मा निटा एओ १, २०२० मा निटा यू र निटा भी र २०२१ मा निटा यू प्रो र नेटा भी प्रो सार्वजनिक गरेको थियो।

त्यस्तै कम्पनीले २०२२ मा दुई वटा कार निटा एस र निटा भी २०२२ सार्वजनिक गरिसकेको छ। यही वर्ष अर्काे कारसमेत सार्वजनिक गर्ने तयारी गरेको छ। 

सीजी मोटर्सले ल्याउन लागेको निटा भी कारले एक पटकको फुल चार्जमा ४ सयदेखि ६ सय किलोमिटरभन्दा बढी रेन्ज दिने दाबी गरिएको छ। पहिलो चरणमा मगाइएको निटा भीले ४ सय किलोमिटरभन्दा बढी रेन्ज दिनेछ। 

आकर्षक डिजाइन र उत्कृष्ट विशेषतायुक्त निटा भीको नेपाली बजार मूल्य कति पर्छ भन्नेबारे भने केही खुलाइएको छैन। चीनमा सरकारले दिएको सहुलियतका कारण होजोनसहित अन्य ब्रान्डका विद्युतीय कार केही सस्तो छ। तर निर्यात प्रयोजनमा भने चीन सरकारले सहुलियत दिएको छैन। 

होजोन अटोमोबाइलले २०२१ मा विभिन्न कम्पनीहरूसँग रणनीतिक साझेदारीको सम्झौता गरेको थियो। कम्पनीले सेन्स टाइम, होराइजन, रोबोटिक्स, हुवावे, सीएटीएल, थाइल्यान्ड पीटीटीसँग रणनीतिक साझेदारी गरेको हो। सीएटीएल विश्वको सबैभन्दा ठूलो विद्युतीय कारको ब्याट्री उत्पादक कम्पनी हो।

नेपाली बजारमा दर्जनभन्दा बढी ब्रान्डका विद्युतीय चारपांग्रे सवारी बिक्री हुँदै आएको छ। यसमा परम्परागत ब्रान्डका विद्युतीय सवारीदेखि चिनियाँ ब्रान्डका सवारीसम्म समावेश छन्। 

तुलनात्मक रुपमा प्रतिस्पर्धी मूल्यमा सीजी मोटर्सले निटा भी कार उपलब्ध भयो भने यो कारको माग उल्लेख्य हुने अनुमान छ। यो कारको सबैभन्दा सवल पक्ष भनेको रेन्ज र आधुनिक प्रविधियुक्त विशेषता नै हो। 

images

प्रकाशित : बिहीबार , वैशाख २९ २०७९०५:३८

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ