आइतबार, असोज ६ गते २०८१    
images
images

गाउँ फर्कनेको चापले सल्लाघारीदेखि धुलिखेलसम्मै घण्टौँ जाम

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २८ २०७९
images
images
गाउँ फर्कनेको चापले सल्लाघारीदेखि धुलिखेलसम्मै घण्टौँ जाम

महानगरीय प्रहरी वृत्त जगातीका अनुसार आज बिहान ४ बजेदेखि नै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप बढेपछि सडक जाम भएको हो।

images
images

भक्तपुर- आगामी शुक्रबार हुने स्थानीय तहको निर्वाचनका लागि मतदान गर्न गाउँ फर्कनेको भीडका कारण अरनिको राजमार्ग खण्ड अस्तव्यस्त बनेको छ।

images
images
images

मतदानका लागि बुधबार बिहानैदेखि घर फर्कनेको दुई तथा चारपाङ्ग्रे सवारीसाधनको लर्को लागेपछि अरनिको राजमार्ग खण्डअन्तर्गत भक्तपुरको सल्लाघारीदेखि काभ्रे धुलिखेलसम्मै घण्टौँ सडक जाम भएको छ।

बिहानैदेखि बस स्टेसनमा बस चढ्न प्रतीक्षामा बसेकाको घुइँचो देखिन्थ्यो भने साना तथा ठूला गाडी रिजर्भ गरेर गाउँ फर्कने र सार्वजनिक यातायातमा गाउँ फर्कने सवारीसाधनको समेत एकै पटक चाप बढेपछि अरनिको राजमार्ग घण्टौँ जाम भएको हो।

महानगरीय प्रहरी वृत्त जगातीका अनुसार आज बिहान ४ बजेदेखि नै भक्तपुर हुँदै पूर्वतर्फ जाने यातायातको साधनको चाप बढेपछि सडक जाम भएको हो। आज दिनभरि नै सडक जाम हुँदा ट्राफिक व्यवस्थापनमा समस्या परेको प्रहरीले जानकारी दिएको छ।

images

धुलिखेल अस्पताल जान थिमिबाट बिहान ८ बजे बस चढेका यात्रु ११ बजे मात्रै पुगेको भन्दै दुई घण्टा जाममा परेको थिमि राधेराधेकी सन्तोषी खड्काले बताइन्।

मोटरसाइकल, माइक्रोबस, सुमो र ठूला बस गरी आज मात्रै एक हजारभन्दा बढी यातायातका साधन पूर्वतर्फ गएको प्रहरीको भनाइ छ।

काभ्रेबाट भक्तपुरतर्फ फर्किंदा समस्या नभए पनि काभ्रेतर्फ जाने सडक जाम भएपछि च्यामासिंह, ताथली नाला हुँदै बनेपा निस्कने गरी सवारीसाधनलाई डाइभर्सन गरिएको छ। दुईतर्फी बाटोबाट यातायातका साधन पठाए पनि सडक जाम भने दिउँसो २ बजेसम्म उत्तिकै रहेको प्रहरीको भनाइ छ। रासस


प्रकाशित : बुधबार, वैशाख २८ २०७९१३:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend