काठमाडौं- सरकारले विदेशी मुद्राको सञ्चिति कम हुँदै गएपछि सवारी लगायत विलासीको वस्तुको आयात रोकेको छ। देश आर्थिक संकटको बाटोमा जान सक्ने भन्दै सरकारले सजगता अपनाइरहेको छ।
नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रको चित्रण हुने ९ महिनाको विवरण सार्वजनिक गरेको छ। जसमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.२८ प्रतिशत पुगको छ।
९ महिनामा आयात ३२.० प्रतिशतले र निर्यात ६९.४ प्रतिशतले बढेको छ भने विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ०.६ प्रतिशत र अमेरिकी डलरमा २.२ प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरको तथ्यांकमा उल्लेख छ।
शोधनान्तर स्थिति २ खर्ब ६८ अर्ब २६ करोडले घाटामा रहेको र कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब ६१ करोड अमेरिकी डलर रहेको जनाएको छ।
संघीय सरकारको खर्च ७ खर्ब ९४ अर्ब २६ करोड र राजस्व परिचालन ७ खर्ब ८९ अर्ब २६ करोड रहेको बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
विस्तृत मुद्राप्रदाय ३.५ प्रतिशतले बढेको छ। वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय १०.४ प्रतिशतले बढेको बैंकले जनाएको छ।
यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५.१ प्रतिशतले बढ्दा निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको बैंकले जनाएको छ।
वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर १२.२ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर १७.८ प्रतिशत रहेको बैंकले जनाएको छ।
उपभोक्ता मुद्रास्फीति
२०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.४० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ। समीक्षा अवधिको औसत मुद्रास्फीति ५.६२ प्रतिशत रहेको छ।
२०७७ चैत महिनाको तुलनामा २०७८ चैत महिनामा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत घ्यू तथा तेल, दुग्ध पदार्थ तथा अण्डा, दाल तथा गेडागुडी र सुर्तीजन्य पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः २८.३६ प्रतिशत, ११.५६ प्रतिशत, १०.५३ प्रतिशत र ८.९१ प्रतिशत रहेको छ। साथै, गैर–खाद्य तथा सेवा समूह अन्तर्गत यातायात, शिक्षा र विविध वस्तु तथा सेवा उपसमूहको मुद्रास्फीति क्रमशः २०.१६ प्रतिशत, ८.७९ प्रतिशत र ८.१७ प्रतिशत रहेको छ।
समीक्षा महिनामा काठमाडौं उपत्यकामा ६.२५ प्रतिशत, तराईमा ७.६१ प्रतिशत, पहाडमा ७.७९ प्रतिशत र हिमालमा ८.२५ प्रतिशत मुद्रास्फीति रहेको छ। २०७७ चैतमा यी क्षेत्रहरुमा क्रमशः ३.२४ प्रतिशत, २.९२ प्रतिशत, ३.३८ प्रतिशत र १.५४ प्रतिशत मुद्रास्फीति रहेको थियो।
थोक मुद्रास्फीति
२०७८ चैत महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १४.४२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.१४ प्रतिशत रहेको थियो।
समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः १७.०७ प्रतिशत, १४.१३ प्रतिशत र ७.२२ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि २५.२२ प्रतिशत रहेको छ।
तलब तथा ज्याला साढे ८ प्रतिशतले बढ्यो
२०७८ चैत महिनामा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर सूचकांक ८.५२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त सूचकांक १.८९ प्रतिशतले बढेको थियो। समीक्षा महिनामा तलब सूचकाकं र ज्यालादर सूचकांक क्रमशः ९.४४ प्रतिशत र ८.२७ प्रतिशतले बढेको छ।
नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति
२०७८ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति नेपालमा ७.२८ प्रतिशत र सन् २०२२ मार्चमा भारतमा ६.९५ प्रतिशत रहेको छ।
आयात बढ्दो, चीन तर्फको निर्यात २१ प्रतिशतले घट्यो
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु निर्यात ६९.४ प्रतिशतले वृद्धि भई १ खर्ब ६० अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २०.२ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ भएको निर्यात क्रमशः ८६.९ प्रतिशत र २५.५ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यात २१.८ प्रतिशतले घटेको छ। वस्तुगत आधारमा पाम तेल, सोयाविन तेल, धागो (पोलिष्टर तथा अन्य), ऊनी गलंैचा, पिना लगायतका वस्तुको निर्यात बढेको छ भने अलैंची, चिया, तार, दन्त मञ्जन, तामाको तार लगायतका वस्तुको निर्यात घटेको छ।
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु आयात ३२.० प्रतिशतले वृद्धि भई १४ खर्ब ६६ अर्ब ६६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३.१ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः २४.४ प्रतिशत, २८.६ प्रतिशत र ५९.२ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधी, कच्चा पाम तेल, अन्य मेशिनरी तथा पार्ट्स, सुन लगायतका वस्तुको आयात बढेको छ भने एम.एस.विलेट, रासायनिक मल, सिमेन्ट, दाल, मोलासिस सुगर लगायतका वस्तुको आयात घटेको छ।
निर्याततर्फ कन्चनपुर र मेची भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ। आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ।
वैदेशिक व्यापार घाटा पनि बढ्यो
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल वस्तु व्यापार घाटा २८.५ प्रतिशतले वृद्धि भई १३ खर्ब ०६ अर्ब ९ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १२.५ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.९ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ८.५ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १ खर्ब ६७ अर्ब ५३ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १ खर्ब ३९ अर्ब २८ करोड बराबरको भएको थियो।
भ्रमण आय बढ्यो
समीक्षा अवधिमा खुद सेवा आय ८० अर्ब ३५ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ५३ अर्ब २६ करोड रुपैयाँले घाटामा रहेको थियो।
सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय २ सय ३२.३ प्रतिशतले वृद्धि भई१८ अर्ब ४७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ५ अर्ब ५६ करोड रहेको थियो।
समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय १ सय ३०.५ प्रतिशतले वृद्धि भई ६१ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ।
यसमध्ये शिक्षातर्फको व्यय ४३ अर्ब ६७ करोड रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय २६ अर्ब ८५ करोड रहेको मा शिक्षातर्फको व्यय २१ अर्ब १७ करोड रहेको थियो।
रोजगारीमा जाने बढे
समीक्षा अवधिमा विप्रेषण आप्रवाह ०.६ प्रतिशतले कमी आई ७ खर्ब२४ अर्ब ७४ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १६.५ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले कमी आई ६ अर्ब ५ करोड कायम भएको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १३.१ प्रतिशतले बढेको थियो
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई २ लाख ५६ हजार ३१ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७४.९ प्रतिशतले घटेको थियो।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १ सय ९९.९ प्रतिशतले वृद्धि भई २ लाख ६ हजार ६ सय २९ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६०.७ प्रतिशतले घटेको थियो।
चालु खाता एवम् शोधनान्तर स्थिति
समीक्षा अवधिमा चालु खाता ५ खर्ब १२ अर्ब ७१ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता २ खर्ब १० अर्ब ५१ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ८० करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४ अर्ब २८ करोडले घाटामा रहेको छ।
समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ३९.५ प्रतिशतले कमी आई ७ अर्ब ७८ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ३३.७ प्रतिशतले वृद्धि भई१६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १२ अर्ब ८६ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी१२ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा शोधनान्तर स्थिति २ सय ६८ अर्ब २६ करोडले घाटामा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ४२ अर्ब ५४ करोडले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ३४ करोड ८१ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब २५ करोडले घाटामा रहेको छ।
विदेशी विनिमय सञ्चिति
२०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.५ प्रतिशतले कमी आई २०७८ चैत्र मसान्तमा ११ अर्ब ६७ अर्ब ९२ करोड कायम भएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १८.२ प्रतिशतले कमी आई ९ अर्ब ६१ करोड कायम भएको छ। द्दट। कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा १७.९ प्रतिशतले कमी आई १० खर्ब २१ अर्ब ४५ करोड कायम भएको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७८ असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा २०७८ चैत्र मसान्तमा ५.१ प्रतिशतले कमी आई १ खर्ब ४६ अर्ब ४८ करोड कायम भएको छ। २०७८ चैत्र मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ।
सञ्चिति सूचक
आर्थिक वर्ष २०७८/७९ को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.४ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०७८ चैत्र मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.१ प्रतिशत, ५५.२ प्रतिशत र २१.९ प्रतिशत रहेका छन्।
२०७८ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३२.७ प्रतिशत, ८४.७ प्रतिशत र २७.१ प्रतिशत रहेका थिए। कच्चा पेट्रोलियम एवम् सुनको मूल्य द्दड।अन्तर्राष्ट्रिय बजारमा २०७७ चैत्र मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ६२.८३ रहेको कच्चा पेट्रोलियम को मूल्य २०७८ चैत्र मसान्तमा ७२.७ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १०८.४९ पुगेको छ।
त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०७७ चैत्र मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १७४७.९५ रहेकोमा २०७८ चैत्र मसान्तमा १३.१ प्रतिशतले वृद्धि भई अमेरिकी डलर १९७६.७५ पुगेको छ।
२०७८ असार मसान्तको तुलनामा २०७८ चैत्र मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ २.०४ प्रतिशतले अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.४८ प्रतिशतले अधिमूल्यन भएको थियो । २०७८ चैत्र मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर रु.१२१.५२ पुगेको छ। २०७८ असार मसान्तमा उक्त विनिमय दर रु.११९.०४ रहेको थियो।
नगद मौज्दात
२०७८ चैत मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा ३ खर्ब ३३ अर्ब ८ करोड (प्रदेश सरकार तथा स्थानीय तहको खातामा रहेको रकम समेत) नगद मौज्दात रहेको । २०७८ असार मसान्तमा यस्तो मौज्दात २ खर्ब १८ करोड रहेको थियो।
कर्जा बढ्यो
आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा कुल आन्तरिक कर्जा १०.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त कर्जा १७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा यस्तो कर्जा २०.२ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १३.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी २१.८ प्रतिशतले बढेको थियो।
वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी १७.९ प्रतिशतले बढेको छ।
निक्षेप पनि बढ्यो
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ५.१ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १३.७ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १२.२ प्रतिशतले बढेको छ।
२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.७ प्रतिशत, २८.७ प्रतिशत र ५६.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३५.१ प्रतिशत र ४८.२ प्रतिशत रहेको थियो।
२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३८.६ प्रतिशत रहेको छ। २०७७ चैत मसान्तमा यस्तो निक्षेपको अंश ४१.७ प्रतिशत रहेको थियो।
कर्जा प्रवाह
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा २२.५ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७.८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १३.१ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह १४.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह २७.३ प्रतिशतले बढेको छ।
२०७८ चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुकोलगानीमा रहिरहेको कर्जामध्ये ६६.९ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ।
२०७७ चैत मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाकोअनुपात क्रमशः ६५.९ प्रतिशत र १२.३ प्रतिशत रहेको थियो। द्धट। आर्थिक वर्ष २०७८/७९ को नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा १६.९ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.७ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १६ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.८ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.६ प्रतिशतले, ओभरड्राफ्ट कर्जा २२.२ प्रतिशतले, डिमान्ड तथा अन्य चालु पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ११.९ प्रतिशतले र हायर पर्चेज कर्जा ४.६ प्रतिशतले बढेको छ भने ट्रष्ट रिसिट (आयात) कर्जा ४९.९ प्रतिशतलेर मार्जिन प्रकृति कर्जा ११ प्रतिशतले घटेको छ।