बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

विदेशी मुद्राको सञ्चिति : एक महिनामा ३ करोड डलर थपियो 

बुधबार, वैशाख २८ २०७९
विदेशी मुद्राको सञ्चिति : एक महिनामा ३ करोड डलर थपियो 

वर्षको सुरुदेखि नै प्रत्येक महिना डलर सञ्चिति घट्दै आएको थियो।  उच्च आयातका कारणले डलर सञ्चिति घटेको भन्दै पुसदेखि नै आयात निरुत्साहित गर्ने नीति राष्ट्र बैंकले लिएको थियो। 

काठमाडौं- चालु आर्थिक वर्षको सुरुवातदेखि नै घट्दै आएको विदेशी मुद्राको सञ्चिति चैतमा आएर थपिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार फागुनको तुलनामा चैतमा ३ करोड अमेरिकी डलर सञ्चिति थपिएको हो। फागुनमा ९ अर्ब ५८ करोड डलर विदेशी मुद्रा सञ्चिति रहेकोमा चैतमा बढेर ९ अर्ब ६१ करोड डलर पुगेको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ। 

वर्षको सुरुदेखि नै प्रत्येक महिना डलर सञ्चिति घट्दै आएको थियो।  उच्च आयातका कारणले डलर सञ्चिति घटेको भन्दै पुसदेखि नै आयात निरुत्साहित गर्ने नीति राष्ट्र बैंकले लिएको थियो। 

बैशाखमा आएर केही वस्तुको आयात प्रतिवन्ध लगाएपनि त्योभन्दा पहिलेको अवस्थामा नगद मार्जिन लगायतका नीतिको प्रभावले गर्दा चैतमा ३ करोड डलर थप भएको हो। 

प्रकाशित : बुधबार, वैशाख २८ २०७९०९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend