शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

जेठ २ बाट जजिराको व्यावसायिक उडान, बिहान ७ बजे आएर १० बजे फर्कने

images
मंगलबार, वैशाख २७ २०७९
images
जेठ २ बाट जजिराको व्यावसायिक उडान, बिहान ७ बजे आएर १० बजे फर्कने
images
images

काठमाडौं- लामो प्रतिक्षापछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल’मा जेठ २ गतेबाट व्यावसायिक उडान सुरु हुने भएको छ।

images
images
images

कुवेतको जजिराबाट व्यावसायिक उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरण गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक गोविन्द प्रसाद दाहालका अनुसार जेठ २ गते बुद्ध जयन्तीको दिन बिहान ७ बजे जजिराको जहाज विमानस्थलमा अवतरण हुने छ। 

images
images

७ बजे अवतरण भएको जहाज बिहान १० बजे  कुवेतका लागि उडान गर्ने छ। व्यावसायिक उडान सुरु हुने दिन प्रधानमन्त्री शेर बहादुर देउवा समेत गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्ने छन्। जजिराले सातामा ३ उडान गर्ने छ।

images
images

विमानस्थलमा बैशाख १५ गते मात्रै डेमो उडानसमेत भइसकेको छ। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जस्तै पूर्ण रुपमा सञ्चालन हुने प्राधिकरणको दाबी छ। 


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९१४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend