आइतबार, भदौ २३ गते २०८१    
images
images

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न एयर चाइना इच्छुक, भारतीय एयरलाइन्सले देखाएनन् चासो 

हवाई रुटदेखि उडान कार्यविधिसम्म असन्तुष्ट थियो भारत 

images
बुधबार, वैशाख २८ २०७९
images
images
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न एयर चाइना इच्छुक, भारतीय एयरलाइन्सले देखाएनन् चासो 

एसियाली विकास बैंकको ऋणमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य परियोजना अन्तर्गत निर्माण भएको विमानस्थलको भौतिक निर्माण कार्य चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले गरेको थियो। 

images
images

काठमाडौं-  गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जेठ २ गतेदेखि नियमित अन्तर्राष्ट्रिय उडान सुरु हुँदैछ। कुवेतको जजिरा एयरवेजले जेठ २ गतेदेखि नियमित उडान सुरु गर्दैछ। 

images
images
images

नियमित उडानको उद्घाटन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा भैरहवा जाने कार्यक्रम तय भइसकेको छ। 

३० अर्ब खर्चिएर निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने जजिरा पहिलो र एकमात्र एयरलाइन्स तय भएको छ। जजिराले हप्तामा तीनवटा उडान गर्नेगरी अनुमति पाएको छ। 

अहिलेसम्म एउटामात्र एयरलाइन्सले उडानको अनुमति लिए पनि अरुको प्रस्ताव अध्ययनकै क्रममा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ। 

images

विमानस्थल कार्यालयका अनुसार काठमाडौंमा उडान गरिरहेका अधिकांश एयरलाइन्सले प्रस्ताव राखेका छन्। 

‘कतिपयले लिखित प्रस्ताव नै राखेका छन् भने कतिले सेवा सुविधाका बारेमा पनि चासो दिएका छन्’ कार्यालय प्रमुख गोविन्द दाहालले भने। 

दाहालका अनुसार खाडी क्षेत्र, मलेसिया, इन्डोनेसिया, कम्बोडिया तथा चीनका एयरलाइन्सले उडान गर्नका लागि चासो दिएका छन्। 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको एयर चाइनाले पनि चासो दिएको छ। उसले नियमत उडान गर्नका लागि चासो दिएको हो। एयर चाइनासँगै काठमाडौं उडान गर्ने अन्य ठूला एयरलाइन्सले पनि प्रस्ताव पेस गरिसकेका छन्। 

प्रस्ताव गरेका एयरलाइन्सका प्रतिनिधिहरुसँग छलफल भइरहेको दाहालले जानकारी दिए। 

काठमाडौंबाट उडान भइरहेका अधिकांस गन्तव्यमा उडान गर्नका लागि चासो आएपनि अहिलेसम्म भारतीय एयरलाइन्सको भने चासो आएको छ‌ैन। भारतबाट हालसम्म काठमाडौंमा एयर इन्डिया, इन्डिगो र भिस्तारा एयरले नियमित उडान गरिरहेका छन्। नेपालबाट भने नेपाल एयरलाइन्सले उडान गरिरहेको छ। भारतीय एयरलाइन्स स्पाइसजेटले उडानका लागि अनुमति पाएपनि काठमाडौं उडान सुरु गरेको छैन। 

भारतीय एयरलाइन्सबाट अहिलेसम्म चासो नआएको नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको छ। 

एसियाली विकास बैंकको ऋणमा दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहकार्य परियोजना अन्तर्गत निर्माण भएको विमानस्थलको भौतिक निर्माण कार्य चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन कन्स्ट्रक्सनले गरेको थियो। 

विमानस्थलका लागि आवश्यक हवाइ रुट भारतले अहिलेसम्म दिएको छैन। हवाइ रुटमात्र होइन भारतले उडान कार्यविधिमै असन्तुष्टि जनाएको छ। विमानस्थल नजिकै भारतीय क्षेत्रमा सैनिक क्षेत्र पर्ने भएकाले रुट दिन भारतले इन्कार गरिरहेको छ। 


प्रकाशित : बुधबार, वैशाख २८ २०७९०१:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend