बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर, अर्थतन्त्रलाई लाभभन्दा हानी धेरै 

मंगलबार, वैशाख २७ २०७९
डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर, अर्थतन्त्रलाई लाभभन्दा हानी धेरै 

अन्तर्राष्ट्रिय बजारमा पनि डलर बलियो हुँदै आएको छ। उर्जाको मूल्य बढ्दै गएको र अर्कोतिर डलर पनि बलियो हुँदै आएको छ। 

काठमाडौं- मंगलबार अमेरिकी डलरसँग नेपाली रुपैयाँ हालसम्मकै कमजोर बनेको छ। नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विदेशी विनिमय दर अनुसार आज एक अमेरिक डलरको बिक्री मूल्य १२४.२५ रुपैयाँ पुगेको छ।

यो हालसम्मकै उच्च दर हो। नेपाल राष्ट्र बैंकले निर्धारणको गरेको भन्दा वाणिज्य बैंकहरूले डलरको भाउ तलमाथि गर्नसक्छन्। अहिले डलर अभाव भएको बेला यो भन्दा उच्च मूल्यमा डलरको खरिद बिक्री हुनेछ।

यसअघि डलरको भाउ १२३.४४ सम्म कायम भएको थियो। यसलाइ उछिनेर आज ऐतिहासिक बिन्दु कायम गरेको छ।   रुसले युक्रेनमाथि आक्रमण गरेपछि भारतीय मुद्रा कमजोर भइरहेको छ। भारु कमजोर हुँदा नेपाली रुपैयाँ पनि कमजोर हुन्छ।

भारुसँग नेपाली मुद्राको स्थिर बिनिमय भएकाले नेपाली मुद्राको मापण भारुका आधारमा हुन्छ। डलर बलियो हुँदा आयात महंगो हुन्छ भने रेमिट्यान्समा सकारात्मक प्रभाव रहन्छ।

अन्तर्राष्ट्रिय बजारमा पनि डलर बलियो हुँदै आएको छ। उर्जाको मूल्य बढ्दै गएको र अर्कोतिर डलर पनि बलियो हुँदै आएको छ। 

डलरको भाउ बढ्द नेपाली अर्थन्त्रलाई लाभभन्दा हानी धेरै हुने गरेको छ। डलरको भाउ बढ्दा नेपाल आउने रेमिट्यान्समा सामन्य वृद्धि हुन्छ। तर आयातमा आधारित अर्थतन्त्र भएका कारणले गर्दा हरेक वस्तुको मूल्य बढ्नसक्छ। 

वैदेशिक लगानी तथा ऋणको मात्रा नगन्य भएका कारणले नेपाली अर्थतन्त्रले रेमिट्यान्सको भाउ बाहेक अरु केही लाभ लिने अवस्था छैन। डलरको मूल्य बढ्दा वैदेशिक रोजगारीमै जाने लागतमा पनि वृद्धि हुनसक्छ। हवाइ यात्रा महँगो हुने भएकाले गर्दा रोजगारीको लागत बढ्छ। 

निर्यात धेरै नहुने भएकाले नेपालले निर्यातमा हुने लाभ पनि लिन पाउँदैन। 


प्रकाशित : मंगलबार, वैशाख २७ २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend