शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

लगातार घटिरहेको सेयर बजारमा उतारचढावबीच देखियो वृद्धि, के हो संकेत?

images
आइतबार, वैशाख २५ २०७९
images
लगातार घटिरहेको सेयर बजारमा उतारचढावबीच देखियो वृद्धि, के हो संकेत?
images
images

काठमाडौं- गएको साता तीन दिनकै कारोबारमा ११७.५५ अंकको गिरावट आएको सेयर बजारमा यो साता कारोबारको पहिलो दिन उतारचढावका बीच वृद्धि देखिएको छ। आइतबार बजार १७.९५ अंकले बढेर २२५६.५७ बिन्दुमा पुगेको छ।

images
images
images

आइतबार कारोबार रकममा भने खास सुधार देखिन सकेन। आइतबार ३३ लाख ४१ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ। 

images
images

पाँच महिनायताकै न्यून बिन्दुमा चलिहरेको सेयर बजारमा आइतबारको वृद्धिले केही सकारात्मक सन्देश दिएको विश्लेषकहरू बताउँछन्।चुनावी प्रभावका कारण सेयर बजार सकारात्मक बन्दै जाने विश्लेषण भइरहे पनि बजारमा खास प्रभाव भने देखिएको छैन। बजार घट्दो क्रममा नै देखिन्छ। एक साताअघि पनि कारोबारको पहिलो दिन बजारमा वृद्धि देखिएर बाँकी दिन निराशा छाएको थियो। गएको साता भने लगातार बजार घट्दो क्रममा मात्र थियो। 

images
images

गएको साता आइतबार बन्द रहेको सेयर बजार सोमबार ४८.७३ अंकले घटेको थियो। मंगलबार पुन: बन्द रहेको कारोबार बुधबार पनि घट्दो क्रममा नै रह्यो। बुधबार ३१.७६ अंकले घटेर बजार २२७५.६८ बिन्दुमा झरेको छ। बिहीबार ३७.०६ अंकले घटेर बजार २२३८.६२ मा झरेको थियो। 

अर्थतन्त्र संकटमा जाने संकेतले घटिरहेको सेयर बजार लगातार सुस्ताइरहँदा आइतबार सामान्य वृद्धि देखिएको हो। बजारले गत भदौ ३ गते ३ हजार २ सयभन्दा माथि पुगेर उच्च बिन्दु बनाएको थियो। त्यसको अघिल्लो दिन बजार ३१९९.०३ बिन्दुमा पुगेर कारोबार बन्द भएको थियो। त्यसयता सेयर बजार निरन्तर घट्दो क्रममा थियो। विश्लेषकहरूले सेयर बजार अर्थतन्त्रमा हुने तलमाथिका कारण प्रभावित हुने भएकोले बजार अझै घटेर २००० सम्म जान सक्ने आँकलन गरिरहेका छन्। अहिले बजार २२ सयको बिन्दुमा पुगिसकेको छ।

यसअघिका चुनावी समयमा बजारमा सकरात्मक प्रभाव देखिने गरेको भए पनि यसपटक त्यस्तो हुन सकेको छैन। चुनावी माहोल बढ्दै गएको अवस्थाका साथै सरकारले असार मसान्तसम्मका लागि केही वस्तु आयात रोक्ने निर्णय गरेर अर्थतन्त्र सुधारमा प्रयास गरिरहेको भए पनि त्यसको प्रभाव सेयर बजारमा देखिन सकेको छैन।

चुनावसँगै अर्थतन्त्रमा बाह्य चापसमेत कम हुँदै जाने आँकलन हुन थालेपछि बजार बढ्ने अपेक्षा गरिएको थियो। तर माहोल त्यहीअनुरुप सकारात्मक हुन सकेको छैन। अब चुनावी माहोल बढ्दै जाँदा बजारमा सकारात्मक प्रभावको अपेक्षा गर्न सकिने विश्लेषकहरू बताउँछन्। तर विश्लेषकहरूको भनाइअनुरुप लगानीकर्ता विश्वस्त हुन सकेका छैनन्। आइतबारको अवस्थाले केही सहजतातर्फ संकेत भने गरेको छ।

अपवादबाहेक सेयर बजार चुनावका कारण बढ्दै आएको तथ्यांकले देखाउँछ। विश्लेषकहरू चुनावमा धेरै पैसा खर्च हुने र बजारमा पैसा आउने भएकोले सेयरमा लगानी बढ्ने गरेको बताउँछन्। चुनावी माहोलमा अहिले वृद्धिको अवस्‍था नदेखिँदा अझै पर्ख र हेरकै स्थिति देखिन्छ। आइतबारको वृद्धिसँगै लगानीकर्ताको विश्वास बजारमा फर्कंदै जाने विश्लेषकहरू बताउँछन्। 


प्रकाशित : आइतबार, वैशाख २५ २०७९०९:२५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend