आइतबार, असोज ६ गते २०८१    
images
images

कामीरिताले बनाए २६ औँ पटक सगरमाथा आरोहणको कीर्तिमान

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, वैशाख २५ २०७९
images
images
कामीरिताले बनाए २६ औँ पटक सगरमाथा आरोहणको कीर्तिमान

रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औँ पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडे।

images
images

काठमाडौं- यस वर्षको वसन्त याममा सगरमाथा (८,८४८.८६ मि) हिमाल आरोहणण सुरु भएको छ। शेर्पा आरोही समूहले शनिबार सगरमाथाको चुचुरामा डोरी टाँग्ने (रोप फिक्सिङ) को काम सफलतापूर्वक सम्पन्न गरेसँगै सगरमाथा आरोहणको ढोका खुलेको हो। 

images
images
images

जहाँ रोप फिक्सिङका क्रममा कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औँ पटक सगरमाथाको सफल आरोहण गरी यसअघिको आफ्नै कीर्तिमान तोडे।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पर्यटन विभागले वसन्त यामको सगरमाथा आरोहण सुरु भएको जनाएको छ। विभागको पर्वतारोहण शाखाका निर्देशक सुर्यप्रसाद उपाध्यायले यस वर्षको सगरमाथा आरोहण शनिबारदेखि शुरु भएको र अहिले करिब ९० प्रतिशत आरोही सगरमाथाको आधार शिविरमा रहेको जानकारी दिए।

'सगरमाथामा रोप फिक्सिङको काम सकिएपछि सगरमाथा आरोहण सुरु भयो, कामीरिता शेर्पाले सगरमाथाको २६ पटक आरोहण गरेर कीर्तिमान बनाएको भन्ने जानकारी आएको छ, यसबारे विभागले प्रक्रिया पुर्‍याएर फेरिभाई गरेपछि मात्रै घोषणा गर्छौ', उनले भने।

images

निर्देशक उपाध्यायले कामीरिताको आरोहण सम्बन्धमा एजेन्सीमार्फत यो मितिमा यसरी चढेको भन्ने पूर्ण विवरणपश्चात मात्रै विभागले कीर्तिमानको घोषणा गर्ने बताए। सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले सर्वाधिक आरोहण हुने विभागको अनुमान छ। अहिले आरोहणका लागि मौसम राम्रो रहेको जनाइएको छ।

सेभेन समिट ट्रेक्स प्रालिबाट गएका ११ शेर्पा आरोहीले सगरमाथाको चुचुरोमा रोप फिक्सिङ गरेको हो। शनिबार साँझ ६ः५५ बजे सगरमाथाको चुचुरोमा पुगेर आरोहीले यो वर्षको आरोहण खुलेको सन्देश दिएका थिए। अघिल्लो वर्षको वसन्त आरोहण पनि वैशाख २४ गतेदेखि सुरु भएको थियो।

विभागको पर्वतारोहण शाखाका अनुसार सगरमाथा आरोहणका लागि ३९ आरोही समूहका ७३ महिला र २४३ पुरुष गरी कूल ३१६ जनाले आरोहण अनुमति ‘एक्सिपीडिसन पर्मिट’ लिएका छन् । सगरमाथा आरोहणबाट मात्रै रु ३९ करोड ५५ लाख बढी रोयल्टी जम्मा भएको छ। यो सिजनमा सगरमाथासहितका विभिन्न २५ हिमाल तथा चुली आरोहणका लागि ११३ आरोही समूहका २०० महिला र ७१८ पुरुषसहित कूल ९१८ आरोहीले अनुमति पाएका छन्। 

अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए। यो वर्षपनि कोभिडपछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भएकाले आरोही बढ्नसक्ने पर्यटन विभागको अनुमान छ। नेपाल पर्वतारोहण सङ्घका निवर्तमान अध्यक्ष एवम वरिष्ठ पर्यटन व्यवसायी आङ्छिरिङ शेर्पाले कोभिड कहरपछि विस्तारै पर्यटनका अन्य क्षेत्रजस्तै पर्वतारोहणमा पनि उत्साह थपिएको बताए। 

'अघिल्ला वर्षहरुको तुलनामा त आरोहीको सङ्ख्या कमै देखिएको छ, तर विदेशी आरोहीको मोह बढ्नु नेपालको पर्यटनका लागि सुखद् कुरा हो, पर्वतारोही विस्तारै बढिरहेका छन्', उनले भने। वसन्त आरोहणका लागि मे महिनाभर नै पर्वतारोही आउने भएकाले आरोहीको सङ्ख्या बढ्नसक्ने विभागको अनुमान छ। मे महिनाको अन्तिमसम्म सगरमाथा आरोहण हुन्छ । सन् २०२१ मा ४१२ विदेशी आरोही सगरमाथाको चुचुरोमा पुगेका थिए। हालसम्म सबैभन्दा बढी सन् २०१९ मा सगरमाथाको दुवै मोहोडाबाट चुचुरोमा पुग्ने विदेशी आरोही ४०० हाराहारी थिए। 

एकिन तथ्याङ्क नभए पनि हालसम्म सगरमाथाको करिब आठ हजार आरोहीले आरोहण गरेको बताइन्छ। अहिलेसम्म कामीरिताले सगरमाथाको २६ पटक आरोहण गरेर विश्वकीर्तिमान बनाउनुभएको छ। सेभेन समिट ट्रेक्स प्रालिका प्रबन्ध निर्देशक मिङ्मा शेर्पाले सगरमाथा आरोहणका लागि मात्रै आफ्नो कम्पनीबाट १५० आरोही गन्तव्यमा रहेको जानकारी दिए। उनका अनुसार सगरमाथा आरोहणका लागि अहिले मौसम अनुकूल रहेकाले आरोहण सुखद हुने विश्वास छ। वसन्त यामको आरोहण उत्साहवर्द्धक रहेको छ।

विभागको पर्वतारोहण शाखाबाट जारी भएको मे ४ सम्मको एक्सिपीडिसन पर्मिटमा सबैभन्दा धेरै सगरमाथा (८८४८.८६ मि) आरोहणका लागि मात्रै ३९ आरोही समूह रहेका छन। त्यस्तै अमादब्लम (६८१४ मि) आरोहणका लागि नौ समूहका ९७ ले अनुमति पाएका छन्।

कञ्चनजङ्घा (८५८६ मि) आरोहणका लागि सात समूहले अनुमति लिएको छ। त्यस्तै अन्नपूर्ण (८०९१ मि) चार र नुप्से आरोहणका लागि सात समूहले अनुमति पाएको छ। मकालु (८,४६३ मि) मा चार, धौलागिरी (८१६७ मि) का लागि दुई र ल्होत्से (८५१६ मि) मा १३ आरोही समूहले आरोहण अनुमति लिएका छन्। हिमाल तथा पिक आरोहणबाट हालसम्म रु ४७ करोड ९२ लाख रोयल्टी जम्मा भएको पनि विभागले जनाएको छ। रासस


प्रकाशित : आइतबार, वैशाख २५ २०७९०८:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend