शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

निगम कार्यकारी अध्यक्ष अधिकारीले आफ्ना आसेपासे ७४ जनालाई खुवाए जागिर

images
शनिबार, वैशाख २४ २०७९
images
निगम कार्यकारी अध्यक्ष अधिकारीले आफ्ना आसेपासे ७४ जनालाई खुवाए जागिर

विगतमा यौन दुराचारमा संलग्न रहेको आरोप समेत लागेका अधिकारी पछिल्लो समय एकजना कर्मचारीलाई सूचना चुहाएको आरोपमा बन्दक बनाएको भन्दै कर्मचारी संघहरुले विरोध जनाउँदै आएका छन्।

images
images

काठमाडौं- नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षले ७४ जना आफ्ना मान्छेलाई जागिर दिएको खुलासा भएको छ। अत्यावश्यक बाहेक कुनै पनि कर्मचारी करारमा लिन नपाउने व्यवस्थाको धज्जी उडाउँदै आफ्नो नियुक्ती भएको केही दिनपछि नै धमाधम निगममा कर्मचारी नियुक्त गरेको खुलासा भएको हो।

images
images
images

निगम कार्यकारी अध्यक्ष अधिकारीले उक्त संख्यामा कमर्चारी भर्ती गरेका हुन्। गत कात्तिक ८ गते कार्यकारी अध्यक्षको नियुक्त पाएको केहि दिनमै लगातार भर्ती गर्दै आएका छन्।  

images
images

विगतमा यौन दुराचारमा संलग्न रहेको आरोपसमेत लागेका अधिकारी पछिल्लो समय एकजना कर्मचारीलाई सूचना चुहाएको आरोपमा बन्दक बनाएको भन्दै कर्मचारी संघहरुले विरोध जनाउँदै आएका छन्।

images
images

निगममा हाल १६ सय कर्मचारी रहेका छन्। स्थायी कर्मचारी नै काम बिहिन निगममा आफन्त, नातेदार र पार्टीका कार्यकर्तालाई धमाधम करारमा भर्ती गरिएको हो। नेकपा एसका वरिष्ठ नेता झलनाथ खनालको दबाबमा  नियुक्ती पाएका अधिकारी र पर्यटन मन्त्री प्रेम आलेबीच अहिले विवाद समेत भएको छ। अधिकारीले विमानस्थलमा लोडरदेखि उच्च तहका कर्मचारीसमेत करारमा नियुक्त गरेका हुन्। 

यस्तो छ सूची 

nac copy.jpg
nac1 copy.jpg

 

 


प्रकाशित : शनिबार, वैशाख २४ २०७९१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend