बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

बियरिस बजारमा जाल्पाको बुलिस यात्रा, लगातार ३४औं दिन १० प्रतिशतले बढेको सेयर मूल्य कतिसम्म पुग्ला?

शनिबार, वैशाख २४ २०७९
बियरिस बजारमा जाल्पाको बुलिस यात्रा, लगातार ३४औं दिन १० प्रतिशतले बढेको सेयर मूल्य कतिसम्म पुग्ला?

बिहीबारसम्मको कारोबारमा जाल्पाको सेयर मूल्य प्रतिकित्त १५२० रुपैयाँ पुगेको छ। संस्थाको सेयर फागुन २७ गते दोस्रो बजारमा सूचीकृत भएको थियो।

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा बिहीबार ३४औँ दिन पनि १० प्रतिशतले बढेर सर्किट लागेको छ। साताको अन्तिम दिन बिहिबार १० प्रतिशतले सेयर मूल्य बढ्दा प्रतिकित्ता १३८.२० रुपैयाँले बढेको छ।

बिहीबारसम्मको कारोबारमा जाल्पाको सेयर मूल्य प्रतिकित्त १५२० रुपैयाँ पुगेको छ। संस्थाको सेयर फागुन २७ गते दोस्रो बजारमा सूचीकृत भएको थियो।

सूचीकृत भएसँगै कम्पनीको सेयर मूल्यमा उछाल आएको छ। कम्पनीको बिहीबार कारोबार सुरु भएको केही समयमै सर्किट लागेर प्रतिकित्ता १३८.२० रुपैयाँ बढेको थियो। योसँगै जाल्पाको बजार पुँजीकरण २ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ।

jalpa.PNG

कम्पनीको पहिलो कारोबार ३१८.५० रुपैयाँबाट सुरु भएको थियो। न्यूनतम मूल्यबाट प्रतिकित्ता १२०२ रुपैयाँले बढिसकेको छ भने लगातार बढ्दा लगानीकर्ताले १५ हजार २ सय रुपैयाँ कमाइसकेका छन्। 

प्रतिसेयर नेटवर्थ, प्रतिसेयर आम्दानी र संचित नाफा/नोक्सानसम्बन्धी विवरणमा यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ। यस लघुवित्त वित्तीय संस्थाको जारी पुँजी १६ करोड रुपैयाँ रहेको छ।  

स्वीकृत विवरणपत्र मार्फत सर्वसाधारणलाई ५ करोड २२ लाख रकम बराबरको सेयरको निष्काशनपश्चात लघुवित्त वित्तीय संस्थाको चुक्तापुँजी १६ करोड रुपैयाँ भएको हो।


प्रकाशित : शनिबार, वैशाख २४ २०७९१२:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend