शनिबार, जेठ ५ गते २०८१    
images
images

हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जमा जाने सम्झौता, स्वाप रेसियो कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २३ २०७९
images
images
हिमालयन र एभरेष्ट इन्स्योरेन्स मर्जमा जाने सम्झौता, स्वाप रेसियो कति?
images
images

काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स मर्जमा जाने भएका छन्। बीमा समितिले निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी १ अर्बबाट साढे २ अर्ब पुर्‍याएपछि मर्जरमा जानको लागि सम्झौता गर्नेमा हिमालयन र एभरेष्ट पहिलो संस्था बनेका छन्।

images
images
images

बिहीबार दुई संस्थाका अध्यक्षले मर्जरमा जाने विषयमा सम्झौता गरेका हुन्। अहिले हिमालयन जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब १७ करोड रहेको छ। एभरेष्ट इन्स्यारेन्सको १ अर्ब २५ करोड छ।

images

स्रोतका अनुसार हिमालयन र एभरेष्ट १ः१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका हुन्। स्वापको अनुपातको टुंगो भने सम्पत्ति तथा दायित्वको मुल्यांकन (डिडिए) पछि टुंगो लाग्ने छ।

images
images

मर्जरपछि २ अर्ब ४२ करोड चुक्ता पुँजी हुन्छ। चालु आर्थिक वर्षको नाफाबाट दिने लाभांशले बीमा समितिले तोकेको न्यूनतम चुक्ता पुँजी २ अर्ब पुग्ने तयारी दुई संस्थाले गरेका छन्।

images
images


प्रकाशित : शुक्रबार, वैशाख २३ २०७९०६:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend