शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

३ महिनामा साढे ११ लाखले गरे आन्तरिक हवाई यात्रा, कुन एयरलाइन्सको बजार हिस्सा कति?

images
शुक्रबार, वैशाख २३ २०७९
images
३ महिनामा साढे ११ लाखले गरे आन्तरिक हवाई यात्रा, कुन एयरलाइन्सको बजार हिस्सा कति?
images
images

काठमाडौं- पर्यटकीय सिजन र निर्वाचनका कारण आन्तरिक उडानमा उत्साह छाएको छ। आन्तरिकतर्फ सबै उडानमा ९५ प्रतिशतसम्म अकुपेन्सी पुगेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन्।

images
images
images

आन्तरिक हवाई यात्रुमा उल्लेख वृद्धि आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको भनाइ छ। कार्यालयका अनुसार मार्च महिनामा मात्रै ४ लाख ३५ हजार भन्दा बढीले आन्तरिक हवाई यात्रा गरेका छन्। यो एकै महिनामा आन्तरिक उडानको सबैभन्दा धेरै यात्रु संख्या हो।

images
images

विमानस्थल कार्यालयका अनुसार यो वर्ष नै आन्तरिक हवाई यात्रुको संख्या ५० लाखको हाराहारीमा पुग्ने अनुमान समेत गरिएको छ। अप्रिल र मे महिनामा हवाई यात्रुको चाप बढी रहेको विमानस्थल कार्यालयको भनाइ छ।

images
images

सन् २०२० को ३ महिनामा मात्रै ११ लाख ५० हजार ३ सय ३४ जना यात्रुले आन्तरिक हवाई यात्रा गरेको विमानस्थल कार्यालयको भनाइ छ।

कार्यालयका अनुसार जनवरीमा ३ लाख ५० हजार ७ सय ४९ जना हवाई यात्रुले आन्तरिक हवाई यात्रा गरेका थियो। यो संख्या फेब्रुअरीमा बढेर ३ लाख ६३ हजार ८ सय ३५ पुगेको थियो।

मार्चमा आन्तरिक हवाई यात्रुको संख्या उल्लेख वृद्धि भएको विमानस्थल कार्यालयको भनाइ छ। मार्च महिनामा मात्रै ४ लाख ३५ हजार ७ सय ५९ जनाले आन्तरिक हवाई यात्रा गरेका छन्। फेब्रुअरी महिनाको तुलनामा मार्चमा झन्डै ७२ हजारको संख्यामा आन्तरिक हवाई यात्रु बढेका हुन्।

आन्तरिक उडानमा अहिले बुद्ध, यती, श्री, गुण, सौर्य, तारा, सिता र समिट एयरले उडान गर्दै आएका छन्। पर्यटकीय सिजन र निर्वाचनका कारण यात्रुको संख्या बढेको बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण बताउँछन्। आन्तरिक उडानमा यात्रु बढ्नुमा आन्तरिक तथा बाह्य पर्यटकको मुभमेन्ट नै मुख्य कारण रहेको उनको भनाइ छ।

यसैगरी निर्वाचनका कारण पनि आन्तरिक हवाई यात्रा गर्नेको संख्या बढेको हो। उनकाअनुसार यसबाहेक पनि विवाहको सिजन र कष्टकर सडक यात्राले पनि हवाई यात्रुको संख्या बढाएको हो।

यसबाहेक कोभिडपछि हवाई यात्रा नै बढी सुरक्षित रहेको महसुस भएका कारण पनि लामो यात्रा गर्नेले हवाई यात्रा गर्न थाल्दा यात्रुको संख्या बढेको कर्ण बताउँछन्।

बुद्ध एयरले अहिले दैनिक ७३ वटा उडान गरिरहेको र ९५ प्रतिशत भन्दा बढी अकुपेन्सी रहेको उनको भनाइ छ। अहिले आन्तरिक उडानमा सबैभन्दा बढी गन्तव्यमा उडान गर्ने र बढी जहाज भएको एयरलाइन्स पनि बुद्ध एयर नै हो। बुद्ध एयरले मात्रै दैनिक सरदरमा ८ हजार ५ सयभन्दा बढी यात्रुलाई सेवा दिँदै आएको छ। बुद्ध एयरसँग १६ वटा जहाज छन्।

तर डिमाण्ड एण्ड सप्लाइ बढ्दा केही मात्रामा हवाई फेयरसमेत बढेको उनको भनाइ छ। तर बुद्ध एयरले सरल र सहज दरमा हवाई टिकट उपलब्ध गराइरहेको उनको दाबी छ।

इन्धनको मूल्य र कोभिडका बेला कटौती भएका खर्च पनि विस्तारै बढ्दा हवाई फेयरमा केही परिर्वतन आएको उनको भनाइ छ। यसैगरी यती एयरका प्रवक्ता सुदर्शन बर्तौला पनि हवाई यात्रा गर्ने यात्रुको संख्या बढेको बताउँछन्। यतीको एयरको सबै उडानमा ९५ प्रतिशतसम्म अकुपेन्सी रहेको उनले बताए।

अहिले पर्यटकीय सिजन र निर्वाचनका कारण हवाई यात्रुको संख्या बढेको हो। डिमाण्ड सफ्लाई बढ्दा र हवाई  इन्धनको मूल्य बढेका कारण पनि हवाई भाडामा केही बढेको बर्तौला पनि स्वीकार गर्छन्।

यसैगरी श्री एयरलाइन्सका बजार व्यवस्थापक अनिल मान्नधर पनि हवाई यात्रा गर्नेको संख्या बढेको बताउँछन्। अहिले पर्यटकीय सिजन, निर्वाचन र विवाहको सिजनका कारण पनि आन्तरिक हवाई उडानमा उत्साह देखिएको उनको भनाइ छ।

गुण एयरका बजार व्यवस्थापक प्रज्वल थापा पनि हवाई यात्रुको संख्यामा उल्लेख वृद्धि आएको बताए। अहिले प्राय गन्तव्यको टिकट एक दिन अगाडि नै फूल बुकिङ हुने गरेको उनको भनाइ छ।

एयरलाइन्स कम्पनीहरूकै भनाइलाई मान्ने हो भने अप्रिल महिनामा हवाई यात्रुको संख्या उल्लेख बढेको छ। तर विमानस्थल कार्यालयले अप्रिल महिनाको तथ्यांक निकालिसकेको छैन।

आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै सेक्टरमा हवाई यात्रु बढेको विमानस्थल कार्यालय महाप्रबन्धक प्रेमनाथ ठाकुर बताउँछन्।

कुन एयरलाइन्सको बजार हिस्सा कति?

आन्तरिक उडानमा सबैभन्दा बढी यात्रुलाई सेवा बुद्ध एयरले दिएको छ। बुद्ध एयरले आन्तरिक हवाई यात्रुको कुल संख्याको ५२.९३ प्रतिशत अर्थात ६ लाख ८ हजार ८ सय ८७ यात्रुलाई आन्तरिक हवाई सेवा प्रदान गरेको छ।

यसैगरी बढी यात्रु बोक्नेको सूचीमा यती एयरलाइन्स रहेको छ। यतीले २ लाख ५२ हजार ७ सय २५ यात्रुलाई आन्तरिक हवाई सेवा दिएको छ। यतीको बजार हिस्सा २१.९६ प्रतिशत रहेको छ।

air.JPG

यसैगरी तेस्रो बढी यात्रु बोक्नेमा श्री एयरलाइन्स रहेको छ। श्रीले १ लाख ६४ हजार हजार ६ सय २५ यात्रुलाई हवाई सेवा दिएको छ। श्रीले बोकेको यात्रु संख्या कुल संख्याको १४.३१ प्रतिशत हो। यसैगरी गुणले ४६ हजार २ सय ९० जना र सौर्यले ४६ हजार ५ सय ५५ यात्रुलाई आन्तरिक हवाई सेवा प्रदान गरेको छ।


प्रकाशित : शुक्रबार, वैशाख २३ २०७९०३:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend