बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

निफ्राको सेयर मूल्य घटेर आईपीओसरह, 'अन्डरभ्यालु' भएकै हो?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २३ २०७९
निफ्राको सेयर मूल्य घटेर आईपीओसरह, 'अन्डरभ्यालु' भएकै हो?

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को सेयर मूल्य सस्तो भएको छ। आम्दानी र नाफा उत्साहजनक रुपमा बढ्दा पनि सेयर मूल्य भने घटेर पुनः प्रतिकित्ता २८६.५० रुपैयाँमै आएको छ।

समग्र सेयर बजार घट्दा आकर्षक कम्पनीको पनि सेयर मूल्य लगातार घटिरहेको छ। बिहीबार पनि निफ्राको सेयर मूल्य प्रतिकित्ता ५.६० रुपैयाँले घटेको छ।  

nifra 1.PNG

वित्तीय विवरणअनुसार ९ महिनामा १८ प्रतिशत नाफा बढाएको थियो। कम्पनीले गरेको नाफा र आगामी वर्ष दिने लाभांशको हिसाबमा अहिलेको सेयर मूल्य आईपीओ सरह हुने अनुमान गरिएको छ। विश्लेषकहरूले निफ्राको सेयर मूल्य घटेर अन्डरभ्यालु भएको बताइरहेका छन्। 

गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ५८ करोड ९२ लाख रुपैयाँ गरेको बैंकको खुद नाफा चालु आर्थिक वर्षको सोही अवधिमा आइपुग्दा ६९ करोड ४५ लाख रुपैयाँ पुगेको थियो। 

उत्कृष्ट नाफा र आईपीओ जारी गरेकै वर्ष राम्रो लाभांश दिँदा पनि निफ्राको सेयर मूल्य खासै बढ्न सकेको छैन। दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेर ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य पछि घटेर २६८ रुपैयाँसम्म आइपुगेको थियो। लगानीकर्ताको आकर्षण देखिन सकेको छैन।

कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने बजार पुँजीकरण ६१ अर्ब ८८ करोड रुपैयाँ रहेको छ। 


प्रकाशित : शुक्रबार, वैशाख २३ २०७९१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend