शनिबार, वैशाख ८ गते २०८१    
images
images

टाटा एस इभी भर्सन सार्वजनिक 

images
images
टाटा एस इभी भर्सन सार्वजनिक 

वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने विश्वव्यापी नीतिअनुसार नै टाटाले सबैजसो सेगमेन्टलाई विद्युतीकराण गर्दै लगिरहेको छ। 

images
images

काठमाडौं- टाट मोटर्सले विद्युतीय सवारीलाई प्राथमिकतामा राखेको छ। प्यासेन्जर कार मात्र होइन कम्पनीले ठूला विद्युतीय बस हुँदै पिकअप समेत विद्युतीय भर्सनमा ल्याएको छ। 

images
images
images

बिहीबार टाटाले चर्चित पिकअप एसको इभी भर्सन सार्वजनिक गरेको हो। भारतमा सहरी क्षेत्रमा समान आपूर्तिका लागि प्रयोग हुने पिकअप बजारमा एसको बजार हिस्सा करिब ७० प्रतिशत रहेको छ। सोही पिकअपलाई कम्पनीले विद्युतीय भर्सनमा ल्याएको हो। 

images

टाटाले एस इभी इभीओजेन प्लेटफर्ममा उत्पादन गरेको हो। एस इभीले शून्यदेखि ३० किलोमिटरको गति ७ सेकेन्डमै पकड्न सक्छ। 

images

वातावरणमैत्री सवारीलाई प्राथमिकता दिने विश्वव्यापी नीतिअनुसार नै टाटाले सबैजसो सेगमेन्टलाई विद्युतीकराण गर्दै लगिरहेको छ। 

images
images

टाटाले अमेजोन, फ्लिपकार्ट, बिगबास्केट, डेलिभरी, मुभिङ डटकमलगायतसँग करिब २० हजार विद्युतीय गाडी उपलब्ध गराउँने एमओयू गरिसकेको छ। करिब २० करोड डलर मूल्यको टाटा एस विद्युतीय पिकअप ती कम्पनीहरुलाई उपलब्ध गराउने छ।

टाटा मोटर्सले विद्युतीय कमर्सियल गाडीको बिक्रीका लागि पनि प्यासेन्जर बिक्रीमा अपनाएको जस्तै फर्मुला अपनाउने भएको छ। कम्पनीले विद्युतीय कार बिक्रीका लागि सुरुमा सोकेस गरेको र त्यसबाट आम उपभोक्ताको स्वीकार्यता देखिएपछि उत्पादन बढाएर आक्रामक बजार विस्तारमा लागेको थियो। विद्युतीय कमर्सियल गाडीको बिक्रीमा पनि टाटाले यही उपय अपनाउने देखिएको छ। 

प्यासेन्जर कारको जस्तो ग्ल्यामर कमर्सियल सवारीमा नरहेपनि टाटाले विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ। कम्पनीले कर्भ र अभेन्या नामका दुई विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरिसकेको छ। यी दुई कार नितान्त नयाँ डिजाइनको भएको र विद्युतीयकै लागि बन्ने छन्। हाल टाटाले बजारमा ल्याएका र ल्याउने क्रममा रहेका विद्युतीय कार भने आइसी इन्जिनकै परिवर्तित मोडल हुन्।

images

प्रकाशित : बिहीबार , वैशाख २२ २०७९०८:१७

प्रतिक्रिया दिनुहोस