आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कुन प्रदेशको जीडीपी कति?

images
बिहीबार , वैशाख २२ २०७९
images
कुन प्रदेशको जीडीपी कति?

कुन प्रदेशको आर्थिक वृद्धिदर कति? कूल गार्हस्थ उत्पादनको आकार कत्रो? 

images
images

काठमाडौं- केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्षको प्रदेशगत आर्थिक प्रक्षेपण गरेको छ। 

images
images
images

अघिल्लो साता राष्ट्रिय अर्थतन्त्रको प्रक्षेपण गर्दै यो वर्ष ५.८ प्रतिशतको आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरेको विभागले प्रदेशगत रुपमा पनि वर्गीकरण गरेको हो। 

images
images

विभागको प्रक्षेपण अनुसार सबैभन्दा ठूलो अर्थतन्त्र संघीय राजधानीसमेत भएको बागमती प्रदेशको छ। यो प्रदेशको अर्थतन्त्रको आकार १५ खर्ब ६८ अर्ब छ। यो वर्ष बाग्मतीको आर्थिक वृद्धिदर ६.७ प्रतिशतले हुने अनुमान गरेको छ। 

images
images

कुन प्रदेशको आर्थिक वृद्धिदर कति? कूल गार्हस्थ उत्पादनको आकार कत्रो? 

growth.jpg
प्रदेशस्तरीय कुल गार्हस्थ्य उत्पादनको बृद्धि दर 

प्रदेश १

अहिलेसम्म नामाकरणसमेत नभएको प्रदेश नम्बर १ को आर्थिक वृद्धिदर ५.४ प्रतिशत हुने अनुमान गरिएको छ। यो प्रदेशको कूल गार्हस्थ उत्पादन यो वर्ष ७ खर्ब ६३ अर्बको हुने छ। यस प्रदेशले राष्ट्रिय तहको कुल गार्हस्थ्य उत्पादनमा १५.७ प्रतिशत योगदान पुर्‍याउने अनुमान गरिएको छ । गत वर्ष यो प्रदेशको आर्थिक वृद्धि ४.३ प्रतिशत थियो।  यो प्रदेशमा सबैभन्दा बढी कृषि क्षेत्रको योगदान छ। 

मधेश प्रदेश

मधेस  प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा  ६ खर्ब ४४ अर्ब  हुने अनुमान गरिएको छ।  गत आर्थिक वर्षको संशोधित अनुमान ५ खर्ब ७२ अर्ब  रहेको छ । राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको १३.४ प्रतिशत हिस्सा ओगटेको यस प्रदेशले चालु वर्ष  १३.३ प्रतिशत योगदान पुर्‍याउने विभागले अनुमान गरेको छ । गार्हस्थ उत्पादनको वृद्धिदर  यो वर्ष ४.८ प्रतिशत कायम रहने विभागको अनुमान छ। 

बागमती प्रदेश

संघीय राजधानीसमेत रहेको यो प्रदेशको अर्थतन्त्र सबैभन्दा ठूलो छ।   १७ खर्ब ९१ अर्बको कूल गार्हस्थ उत्पादन भएको यो प्रदेशले राष्ट्रिय गार्हस्थमा ३६.९ प्रतिशत हिस्सा ओगटेको छ।   यो वर्ष बागमतीको आर्थिक वृद्धिदर ६.७ प्रतिशत पुग्ने विभागको अनुमान  छ। बागमतीको अर्थतन्त्रमा थोक तथा खुद्रा व्यापारको हिस्सा सबैभन्दा धेरै २५ प्रतिशत छ। 

गण्डकी प्रदेश
गण्डको जीडीपी यो वर्ष ४ खर्ब ३२ अर्ब हुने  विभागले अनुमान गरेको छ।  कुल गार्हस्थ उत्पादनको वृद्धिदर ६.२ प्रतिशत हुने अनुमान गरिएको छ । कुल गार्हस्थ उत्पादनमा सबैभन्दा बढि योगदान २६  प्रतिशत कृषि क्षेत्रको छ भने सबैभन्दा कम योगदान ०.४ प्रतिशत प्रशासनिक सहयोगी सेवा  क्षेत्रको रहेको छ ।

लुम्बिनी प्रदेश 

लुम्बिनी प्रदेशको कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा  ६ खर्ब ८५ अर्ब हुने अनुमान विभागले गरेको छ।  ५.४ प्रतिशतले आर्थिक वृद्धिदर हुने अनुमान गरिएको यो प्रदेशमा पनि कृषि क्षेत्रकै योगदान धेरै छ। 

कर्णाली प्रदेश

सात प्रदेशमा सबैभन्दा सानो अर्थतन्त्र कर्णाली प्रदेशको छ। कर्णालीको जीडीपी यो वर्ष १ खर्ब ९८ अर्ब पुग्ने अनुमान विभागले गरेको छ। गत वर्ष १ खर्ब ७६ अर्ब रहेको थियो। राष्ट्रिय तहमा कुल गार्हस्थ उत्पादनको ४.१ प्रतिशत हिस्सा कर्णालीले  ओगट्ने अनुमान विभागले गरेको छ। यो वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धिदर कर्णालीमा हुने विभागले अनुमान गरेको छ। 

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रको आकार यो वर्ष   ३ खर्ब ३९ अर्व हुने अनुमान विभागले गरेको छ। यसले राष्ट्रिय जीडीपीमा ७ प्रतिशतले हिस्सा ओगट्ने अनुमान विभागको छ। ४.९ प्रतिशतले आर्थिक वृद्धिदर हुने यो प्रदेशमा कृषिको योगदान सबैभन्दा धेरै छ। 


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९०७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend