शनिबार, जेठ ५ गते २०८१    
images
images

गभर्नर सकारात्मक भएसँगै दुई महिनादेखि रोकिएको ब्याजदर जेठदेखि बढ्ने, १२ प्रतिशतभन्दा बढी पुग्ने अनुमान

images
शुक्रबार, वैशाख २३ २०७९
images
images
गभर्नर सकारात्मक भएसँगै दुई महिनादेखि रोकिएको ब्याजदर जेठदेखि बढ्ने, १२ प्रतिशतभन्दा बढी पुग्ने अनुमान
images
images

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरूमा फागुनदेखि रोकिएको ब्याजदर जेठदेखि भने बढ्ने भएको छ। वित्तीय संस्थाहरूले गत फागुनदेखि ब्याजदर स्थिर राखेका थिए।

images
images
images

नेपाल राष्ट्र बैंक तथा अन्तर्राष्ट्रिय संस्थाहरूले पनि ब्याजदर स्थिर राख्दा समस्या आउने संकेत दिएपछि वित्तीय संस्थाहरूले ब्याजदर बढाउने तयारी थालेका छन्। सम्भवत जेठमा ब्याजदरको नयाँ सूची आउने बैंकर्स संघका एक सदस्यले जानकारी दिए।

images

नेपाल बैंकर्स संघले बैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको थियो। बैशाख महिनामा पनि पुरानै ब्याजदरलाई निरन्तरता दिन सबै बैंकहरू सहमत भएका थिए। वाणिज्य बैंकहरूले चैतकै ब्याजदरलाई निरन्तरता दिएर नयाँ सूचना जारी गरेका थिए। 

images
images

बैंकहरूले मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत ब्याजदर दिनेगरी नयाँ सूचना जारी गरेका थिए। बैंकहरूले गत पुस र माघ महिनामा ब्याजदर स्थिर राखेका थिए। तर फागुन महिनामा बढाएर ११.०३ प्रतिशत पुर्‍याएका थिए। चैतमा सोही ब्याजदर कायम गरिएको थियो।

images
images

चालु आर्थिक वर्षको सुरुदेखि तरलता संकटको समस्या समाधन हुन सकेको छैन। ब्याजदर चर्को हुने भएपछि राष्ट्र बैंकको हस्तक्षेप गरेर ब्याजदर वृद्धिमा रोक लगाएको थियो। 

ब्याजदर नियन्त्रणदेखि बैंकका सीईओहरूबीचमा भद्र सहमतिसम्मका गतिविधि हुँदै आएका छन्। तर पछिल्लो समय तरलतासँगै विदेशी मुद्राको सञ्चिति पनि घट्दै आएको छ। 

यस्तो अवस्थामा सरकारले आयात प्रतिबन्ध लगाएको छ। ब्याजदर नियन्त्रण गरेर सस्तो बनाउँदा आयातलाई सहयोग गरेको  र त्यही कारणले आयातमा विदेशी मुद्रा बाहिरिएको भन्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाबाट बैंक ब्याजदर बढाइदिएको थियो। 

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार एक कार्यक्रममा बोल्दै ब्याजदर अझै बढ्ने बताएका थिए। माग र आपूर्तिको आधारमा ब्याजदर स्वभाविक रुपमा बढ्ने अवस्था रहेको उनको भनाइ थियो।  तर ब्याजदर बढाउन अन्तर्राष्ट्रिय मुद्रा कोषले समेत जोड दिएको छ।

अप्रिल २४ - मे २ सम्मका लागि काठमाडौं आएको कोषको टोलीले मौद्रिक नीतिमार्फत कडाइ गर्नुपर्ने सुझाव दिएको छ। कोषले ब्याजदर मार्फत् मौद्रिक कडाइका साथै यसअघिका खुकुलो व्यवस्थालाई पनि कडाइ गर्दै जानुपर्ने कोषको सुझाव छ। योसँगै अब वित्तीय संस्थाहरूले जेठमा ब्याजदर बढाउने निश्चित भएको छ। 

बैंक तथा वित्तीय संस्थाहरूले फागुनदेखि लागू हुने गरी निक्षेपको ब्याजदर बढााएसँगै कर्जाको ब्याजदर पनि बढेको थियो। फागुनमा वाणिज्य बैंकहरूको निक्षेपको ब्याजदर एकवर्षे मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत पुगेको थियो। पुस र माघको तुलनमा मुद्दती र निक्षेपको ब्याजदर फागुनमा ०.९८ प्रतिशत बिन्दुले बढेको थियो।

यसका आधारमा वाणिज्य बैंकहरूमा संस्थागत एकवर्षे मुद्दती निक्षेपको ब्याजदर १०.०३ प्रतिशत र साधारण बचतको ६.०३ प्रतिशत कायम गरेका थिए।  सोही अनुपातमा जेठमा बढ्न १२ प्रतिशत भन्दा माथि हुने अनुमान गरिएको छ। 

विकास बैंक र फाइनान्स कम्पनीले पनि निक्षेपको ब्याजदर बढाएका थिए। जसअनुसार राष्ट्रिय स्तरका विकास बैंकहरूमा एक वर्षे मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.५५ प्रतिशत पुगेको थियो। गत पुसमा यस्तो ब्याजदर १०.३५ प्रतिशत थियो । फागुनका लागि फाइनान्स कम्पनीहरूले पनि निक्षेपको ब्याजदर एक प्रतिशत विन्दुभन्दा धेरैले बढाएका थिए।

जनअनुसार एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर अधिकतम ११.७१ प्रतिशत पुगेको छ। उल्लिखित अनुपातमा ब्याजदर बढेकाले विकास बैंक र फाइनान्स कम्पनीले पनि डेढ देखि २ प्रतिशतका दरले कर्जाको ब्याजदर बढाएका थिए। सोही अनुपातमा जेठमा ब्याजदर बढ्नेछ।


प्रकाशित : शुक्रबार, वैशाख २३ २०७९०१:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend