शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका २ अवरोध, २०२३ नयाँ वर्षबाट सञ्चालनको तयारी

images
बिहीबार , वैशाख २२ २०७९
images
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका २ अवरोध, २०२३ नयाँ वर्षबाट सञ्चालनको तयारी
images
images

काठमाडौं- २०२१ को जुलाईभित्रै सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा एक वर्ष ढिला गरी २०२२ को जुलाईभित्र निर्माणको काम सम्पन्न हुने अवस्थामा पुगेको छ। विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर दिनेश मुनाकर्मीका अनुसार विमानस्थल निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

images
images
images

उनका अनुसार विमानस्थल निर्माणको काम ९६ प्रतिशत सम्पन्न भइसकेको छ।  तर विमानस्थलबाट सञ्चालनमा दुईवटा समस्या देखा परेको छ।

images
images

पहिलो समस्या दुई किलोमिटरको दुरीमा रहेको ल्याण्डफिल्ड साइट (फोहोर विसर्जन स्थल) हो। ल्याण्डफिल्ड साइट व्यवस्थापनको जिम्मा पोखरा महानगरपालिकाले गर्नुपर्ने हुन्छ। तर महानगरपालिकाले अहिलेसम्म व्यवस्थापनको कुनै निर्णय गर्न सकेको छैन। जसका कारण पनि समयमै विमानस्थल सञ्चालनका अवरोध देखिएको छ।

images
images

ल्याण्डफिल्ड साइटको व्यवस्थापन हुन नक्सदा विमानस्थल सञ्चालन सन् २०२२ भित्रै गर्न असम्भव हुने अवस्थामा पुगेको छ। विमानस्थल सञ्चालनको विषयमा केही दिन अगाडि नेपाल नागरिक उड्डयन प्राधिकरण महानिर्देशक प्रदीप अधिकारीले समेत विमानस्थल आउँदो नयाँ अंग्रेजी वर्षबाट विमानस्थल सञ्चालनको तयारी भएको बताइसकेका छन्।  

विमानस्थल सञ्चालन तयारीका लागि खटिएको टिमका प्रमुख बिक्रम गौतमले समेत विमानस्थल नजिकै रहेको ल्याण्डफिल्ड साइट विमानस्थल सञ्चालनमा मुख्य अवरोध बनेको बताए।

‘ल्याण्डफिल्ड साइट अहिले रहेको ठाउँबाट व्यवस्थापन नहुँदासम्म विमानस्थल सञ्चालन सम्भव छैन,’ गौतमले भने ‘ल्याण्डफिट साइट जबसम्म व्यवस्थापन गर्न सकिँदैन तबसम्म विमानस्थल बने पनि सञ्चालनमा आउन सक्दैन।’

अर्को विमानस्थल सञ्चालनको मुख्य अवरोध विमानस्थलबाट नजिकै रहेको रिठेपानी डाँडा हो। विमानस्थल निर्माणको काम सम्पन्न हुनै लाग्दा  पनि डाँडा कटानी सुरु भएको छैन। 

निजी व्यक्तिको जग्गा पर्ने डाँडा कटानी भइसके पनि सरकारी जग्गा पर्ने ठाउँ कटानी सुरु हुन सकेको छैन। डाँडा कटानीका लागि वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट सुझावका लागि वन तथा वातावरण मन्त्रालयले सार्वजनिक गरिसहेको छ। तर अन्तिम स्वीकृत भने भइसकेको छैन।

विमानस्थल सञ्चालनका लागि ४० मिटर डाँडा कटानी गर्नु पर्नेछ। सुझाव माग भएसँगै आएको सुझावलाई समावेश गरी वातावारणीय प्रभाव मूल्यांकन रिर्पोट स्वीकृत हुनेछ। पूरक वातावरणीय प्रभाव मूल्यांकन पास भएपछि टेन्डर गरेर डाँडा कटानको काम सुरु हुने छ।

विमानस्थल सञ्चालनका लागि ४० मिटर डाँडा कटानी हुने पर्ने भएपनि क्यालिब्रेसन उडानका लागि भने १४ मिटर मात्रै डाँडा कटान गर्नु पर्ने ठेकेदारले जानकारी गराएको गराइसकेको छ। यसबाट पनि डाँडा कटानी समय नै नहुने हो भने विमानस्थल सञ्चालनमा अवरोध देखिने भएको छ।

मुनाकर्मीमा अनुसार २०२२ को जुलाईसम्म विमानस्थल निर्माणको काम सम्पन्न हुन्छ। अहिले विमानस्थलमा निर्माण भएका भवनभित्रको सजावट र बाहिरको सौन्दर्यकरणको काम पनि भइरहेको छ। 

‘हाम्रो लक्ष्य २०२१ को जुलाईसम्म निर्माण सम्पन्न गर्ने भए पनि ६ महिना अगाडि नै विमानस्थल निर्माणको काम सक्ने भन्ने नै थियो’, उनले भने, ‘कोरोनाका कारण तोकिएको समयमा पनि काम सम्पन्न नभएपछि एक वर्षको समय थप भएको थियो। अब थप भएको समयभित्रै निर्माणको काम सम्पन्न हुन्छ।’

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरी पर्यटन उद्योगको प्रबर्द्धन गर्ने सरकारी लक्ष्य छ। सन् २०११ मा आयोजना सुरु भएता पनि नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भइ सन् २०२१ सम्म सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको थियो। 

चिनियाँ कम्पनी सिएएमसी इन्जिनियरिङले २०७४ साल असारदेखि विमानस्थलको काम सुरु गरेको थियो। तर अहिले समय थप गरी २०२२ को जुलाईसम्म काम सक्ने लक्ष्य लिइएको छ। यो आयोजनाको कुल अनुमानित लागत २१ अर्ब ६० करोड रहेको छ।

आर्थिक वर्ष २०७५-७६ मा नै यो आयोजनको धावनमार्ग ट्याक्सी वे र एप्रोन निर्माण गर्ने कार्य सम्पन्न भएको थियो। अहिले विमानस्थलभित्र बन्ने टर्मिनल भवन र अन्य १४ वटा भवनहरू निर्माण काम सम्पनसँगै फिनिसिङको चरणमा छ।


प्रकाशित : बिहीबार , वैशाख २२ २०७९०५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend