काठमाडाैं- एक सातामा वाणिज्य बैंकहरूमा निक्षेप एक अर्ब रुपैयाँ मात्रै थपिएको छ। बैशाख ९ देखि १६ गतेसम्म बैंकहरूमा निक्षेप एक अर्ब मात्रै थपिएको हो।
गत ९ गतेसम्म ४३ खर्ब ६७ अर्ब निक्षेप रहेकोमा १६ गतेसम्म आइपुग्दा ४३ खर्ब ६८ अर्ब निक्षेप पुगेको हो। बैंकहरूले ऋण प्रवाह भने ३ अर्ब रुपैयाँ गरेका छन्।
बैशाख ९ देखि १६ सम्मको अवधिमा ३ अर्ब कर्जा बढेको हो। गत बैशाख ९ गतेसम्म ४१ खर्ब ९४ अर्ब रुपैयाँ ऋण प्रवाह भएकोमा बैशाख १६ सम्म ४१ खर्ब ९७ अर्ब रुपैयाँ पुगेको छ।