बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

१० महिनामा बैंकहरूले राष्ट्र बैंकबाट ६४ खर्ब स्थायी तरलता सुविधा लिए, चुनावसँगै बैंकहरूबाट झिकियो १८ अर्ब निक्षेप

बुधबार, वैशाख २१ २०७९
१० महिनामा बैंकहरूले राष्ट्र बैंकबाट ६४ खर्ब स्थायी तरलता सुविधा लिए, चुनावसँगै बैंकहरूबाट झिकियो १८ अर्ब निक्षेप

काठमाडौं- वाणिज्य बैंकहरूले साउनदेखि बैशाखको मध्यसम्म ६४ खर्ब ११ अर्ब ८ करोड ३३ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन्।

राष्ट्र बैंकको तथ्यांकअनुसार साउनदेखि बैशाख १९ सम्म राष्ट्र बैंकबाट वाणिज्य बैंकहरूले अल्पकालीन सापटी लिएका हुन्। राष्ट्र बैंकका अनुसार बैंकहरूले ३ हजार ४ सय ८ वटा कारोबारबाट उक्त एसएफएल सुविधा लिएका छन्। बैंक तथा वित्तीय संस्थाले सरकारी ऋणपत्र धितोमा राखेर यस्तो पाउने गरेका छन्। 

बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्छन् । बैंकले ७ दिन अवधिका लागि ७ प्रतिशत ब्याजदरमा उक्त रकम लिएका हुन्छन्।

बैंकहरूले गत सोमबार मात्रै ३२ वटा कारोबारबाट ५७ अर्ब ८९ करोड रुपैयाँ लिएका छन्। साउनदेखि बैशाखसम्ममा सबैभन्दा बढी गत चैत २८ गते १ खर्ब ९९ करोड ४० लाख रुपैयाँ एसएफएल सुविधा बैंकहरूले लिएका छन्।

चुनावको मुखैमा बैंकबाट झिकियो १८ अर्ब 

चुनाव नजिकिँदै गएपछि बैंकबाट निक्षेप निकाल्ने क्रमपनि बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार चुनावी माहोल बनेसँगै बैंकहरूबाट १८ अर्ब रुपैयाँ बाहिरिएको छ। २७ वटा वाणिज्य बैंकबाट वैशाख २ देखि १४ गतेसम्म जम्मा १२ दिनको अन्तरालमा १८ अर्ब झिकिएको राष्ट्र बैंकले जनाएको छ।

वैशाख २ गते बैंकहरूमा कुल ४३ खर्ब ७७ अर्ब रुपैयाँ तरलता रहेकोमा १४ गतेसम्म आइपुग्दा घटेर ४३ खर्ब ५९ अर्ब रुपैयाँमा झरिसकेको छ। जसले कर्जा प्रवाहमा समस्या परेको छ। वैशाख २ गते कुल ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका बैंकहरूले १४ गतेसम्म आइपुग्दा करिब ४ अर्बले लगानी घटाउँदै ४१ खर्ब ९१ अर्ब मात्र गरेका छन्। 


प्रकाशित : बुधबार, वैशाख २१ २०७९०५:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend