शनिबार, वैशाख १५ गते २०८१    
images
images

विद्युतीय कार बिक्रीबाट उत्साहित टाटा विद्युतीय बस/ट्रकतर्फ लम्कियो

images
images
images
विद्युतीय कार बिक्रीबाट उत्साहित टाटा विद्युतीय बस/ट्रकतर्फ लम्कियो

उता भारतमा टाटाले विद्युतीय सवारीको सम्पूर्ण इकोसिस्ट नै विकास गरिरहेको छ। त्यसैको परिणम स्वरुप टाटा मोटर्सले प्यासेन्जर कारसँगै कमर्सियल सवारीसमेत विद्युतीय बनाउँदै जाने योजनालाई तीब्रता दिएको छ।

images
images

काठमाडौं- टाटा मोटर्सले जब नेक्सन एसयूभीको विद्युतीय भर्सज सार्वजनिक गर्‍यो तब उपभोक्ताको रोजाइमा पनि पर्‍यो। भारतसँगै नेपाली बजारमा पनि टाटाको नेक्सन इभी लोकप्रिय रहेको छ। भारतको विद्युतीय कार बजारमा ८५ प्रतिशतभन्दा बढी बजार हिस्सा टाटाकै रहेको छ।

images
images
images

त्यस्तै नेपाली बजारमा समेत टाटाले एक वर्षमा (२०२१ अप्रिलदेखि २०२२ मार्चसम्म) ४ सय ५४ वटा विद्युतीय कार बिक्री भएको छ। टाटाको नेक्सन इभी नेपाल भित्रिएको छोटो समयमा धेरै बिक्री हुने विद्युतीय कारमा पर्छ। सो एक वर्षको अवधिमा टाटाको नेक्सन इभी मात्र नेपाल आएको थियो। हालै कम्पनीले टिगोर इभीसमेत नेपाल भित्र्याएको छ। 

images

टाटाका सवारी नेपाली बजारमा सिप्रदी ट्रेडिङले बिक्री गर्दै आएको छ। विद्युतीय सवारी बिक्रीमा आक्रामक देखिएको टाटाले चार्जिङ स्टेसनलगायत पूर्वाधार विकासमा विशेष प्राथमिकता दिएको छ।

images

उता भारतमा टाटाले विद्युतीय सवारीको सम्पूर्ण इकोसिस्ट नै विकास गरिरहेको छ। त्यसैको परिणम स्वरुप टाटा मोटर्सले प्यासेन्जर कारसँगै कमर्सियल सवारीसमेत विद्युतीय बनाउँदै जाने योजनालाई तीब्रता दिएको छ। 

images
images

कारको विद्युतीकरणबाट भन्दा कमर्सियलको विद्युतीकरणबाट टाटाको आम्दानी बढ्ने अनुमान कम्पनीले गरेको छ। अबको केही वर्षभित्रमा टाटाले कमर्सियल विद्युतीय सवारीको बिक्रीबाट वार्षिक ५० देखि ७० करोड डलर आम्दानी हुने प्रक्षेपण गरेको छ। 

५५ सय विद्युतीय बसका लागि सरकारले गरेको टेन्डर टाटाले नै पाएको इकोनामिक टाइम्सले लेखेको छ। उक्त बस ३ अर्ब भारु बराबरको हो। त्यस्तै टाटाले अमेजोन, फ्लिपकार्ट, बिगबास्केट, डेलिभरी, मुभिङ डटकमलगायतसँग करिब २० हजार विद्युतीय गाडी उपलब्ध गराउँने एमओयू गरिसकेको छ। करिब २० करोड डलर मूल्यको टाटा एस विद्युतीय पिकअप ती कम्पनीहरुलाई उपलब्ध गराउने छ।

प्यासेन्जर कारको जस्तो ग्ल्यामर कमर्सियल सवारीमा नरहेपनि टाटाले विद्युतीकरणलाई प्राथमिकतामा राखेको छ। कम्पनीले कर्भ र अभेन्या नामका दुई विद्युतीय कारको कन्सेप्ट सार्वजनिक गरिसकेको छ। यी दुई कार नितान्त नयाँ डिजाइनको भएको र विद्युतीयकै लागि बन्ने छन्। हाल टाटाले बजारमा ल्याएका र ल्याउने क्रममा रहेका विद्युतीय कार भने आइसी इन्जिनकै परिवर्तित मोडल हुन्। 

त्यसैगरि कर्सियल विद्युतीयमा ठूला बसदेखि एलसीभीसम्मको उत्पादनलाई टाटाटले जोड दिएको छ। गएको साता टाटा ग्रुपका अध्यक्ष एन चन्द्रशेखरनले टाटा मोटर्स समग्रमै विद्युतीकृत हुने संकेत गरेका थिए। टाटा मोटर्सको विद्युतीकरणका लागि टाटा गु्रप अन्तर्गतका सबै कम्पनीहरु लागि गरेका छन्। 

टाटा मोटर्सले विद्युतीय कमर्सियल गाडीको बिक्रीका लागि पनि प्यासेन्जर बिक्रीमा अपनाएको जस्तै फर्मुला अपनाउने भएको छ। कम्पनीले विद्युतीय कार बिक्रीका लागि सुरुमा सोकेस गरेको र त्यसबाट आम उपभोक्ताको स्वीकार्यता देखिएपछि उत्पादन बढाएर आक्रामक बजार विस्तारमा लागेको थियो। विद्युतीय कमर्सियल गाडीको बिक्रीमा पनि टाटाले यही उपय अपनाउने देखिएको छ। 

टाटाले नयाँ विद्युतीय कमर्सियल गाडी निर्माता कम्पनीहरु स्वीच मोबिलिटी, कौसिस तथा ट्रिटन मोबिलिटीका उत्पादनको प्रतिस्पर्धा भने सामना गर्नुपर्ने छ। यी सबै कम्पनीले भारतमा विद्युतीय सवारी उत्पादनसहित इकोसिस्टम विकास गर्न ५ देखि ६ अर्ब अमेरिकी डलर लगानी गर्दै छन्।

images

प्रकाशित : बुधबार, वैशाख २१ २०७९०२:०९

प्रतिक्रिया दिनुहोस