बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एचआईडीसीएलको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा बिक्री गर्ने बाटो खुल्यो, कसले पाउँछन् आवेदन दिन?

मंगलबार, वैशाख २० २०७९
एचआईडीसीएलको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा बिक्री गर्ने बाटो खुल्यो, कसले पाउँछन् आवेदन दिन?

काठमाडौं- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को स्थगित संस्थापक सेयर बिक्री गर्न बाटो खुलेको छ।

नेपाल धितोपत्र बोर्डको निर्देशनमा स्थगित भएको कम्पनीको संस्थापक सेयर बिक्री प्रकृया बोर्डले नै खुलाइदिएको हो। बोर्डको निर्देशनमा बिक्रीकै क्रममा ३ करोड ३० लाख कित्ता अवितरित संस्थापकतर्फको हकप्रद सेयर बिक्री प्रकृया स्थगित गरेको थियो। 

कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दा वितरण हुन नसेकेको उक्त सेयर फागुन १ गतेदेखि १५ गतेसम्म दोस्रो पटक लिलामीमा बिक्री खुला गरेको थियो। 

बोर्डको निर्देशनमा कम्पनीले बिक्रीकै क्रममा फागुन १३ गते उक्त सेयर बिक्री प्रकृया स्थगित गरेको हो। सो अवधिमा प्राप्त बोलपत्र कम्पनीले फिर्ता गरिसकेको छ।

पहिलो चरणमा न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त सेयर बिक्रीका लागि कम्पनीले नियमावली संशोधन गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरेको छ।  


प्रकाशित : मंगलबार, वैशाख २० २०७९१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend