शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

एचआईडीसीएलको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा बिक्री गर्ने बाटो खुल्यो, कसले पाउँछन् आवेदन दिन?

images
मंगलबार, वैशाख २० २०७९
images
एचआईडीसीएलको ३ करोड ३० लाख कित्ता सेयर लिलामीमा बिक्री गर्ने बाटो खुल्यो, कसले पाउँछन् आवेदन दिन?
images
images

काठमाडौं- हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को स्थगित संस्थापक सेयर बिक्री गर्न बाटो खुलेको छ।

images
images
images

नेपाल धितोपत्र बोर्डको निर्देशनमा स्थगित भएको कम्पनीको संस्थापक सेयर बिक्री प्रकृया बोर्डले नै खुलाइदिएको हो। बोर्डको निर्देशनमा बिक्रीकै क्रममा ३ करोड ३० लाख कित्ता अवितरित संस्थापकतर्फको हकप्रद सेयर बिक्री प्रकृया स्थगित गरेको थियो। 

images
images

कम्पनीले गत साउन ५ गतेदेखि भदौ ८ गतेसम्म शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दा वितरण हुन नसेकेको उक्त सेयर फागुन १ गतेदेखि १५ गतेसम्म दोस्रो पटक लिलामीमा बिक्री खुला गरेको थियो। 

images
images

बोर्डको निर्देशनमा कम्पनीले बिक्रीकै क्रममा फागुन १३ गते उक्त सेयर बिक्री प्रकृया स्थगित गरेको हो। सो अवधिमा प्राप्त बोलपत्र कम्पनीले फिर्ता गरिसकेको छ।

पहिलो चरणमा न्यूनतम एक करोड कित्ताको सीमाका कारण वितरण हुन नसकेको उक्त सेयर बिक्रीका लागि कम्पनीले नियमावली संशोधन गरेर न्यूनतम १०० कित्ताको सीमा तय गरेको छ।  


प्रकाशित : मंगलबार, वैशाख २० २०७९१३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend