बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

सीवाईसी लघुवित्तका लगानीकर्ताले पहिलो दिन नै १० हजार रुपैयाँ कमाउन सक्ने, कतिमा होला पहिलो कारोबार?

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, वैशाख २१ २०७९
सीवाईसी लघुवित्तका लगानीकर्ताले पहिलो दिन नै १० हजार रुपैयाँ कमाउन सक्ने, कतिमा होला पहिलो कारोबार?

काठमाडौं- सीवाईसी लघुवित्त वित्तीय संस्थाले जारी गरेको आईपीओ बाँडफाँट भएपछि दोस्रो बजारमा कारोबार खुलाउने तयारी गरिएको छ।  कम्पनीले बैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता सेयर बिक्रीमा ल्याएको थियो। 

यसै हप्ता सूचीकृत गर्ने तयारी गरिएको छ। कम्पनीको पहिलो कारोबार नै ३४४.१३ रुपैयाँबाट सुरु हुने छ। अधिकतम १०३३ रुपैयाँ पहिलो ओपनिङ कारोबार हुने छ। कम्पनीको प्रतिसेयर नेटवर्थ ३४४.१३ रहेको छ। जसको पहिलो कारोबार तीन गुणासम्म तोकिन सक्छ। यता कम्पनीको प्रतिसेयर आम्दानी ६२.७४ रुपैयाँ रहेको छ।  

कम्पनीले १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको थियो।

लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाको आवेदन परेको थियो। त्यसमध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ। त्यसअनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको थियो।

लघुवित्तले बिक्रीमा ल्याएको आईपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिकाअनुसार योग्य आवेदनहरुलाई गोलाप्रथा माध्यमबाट सेयर बाँडफाँट भएको थियो। त्यसअनुसार न्यूनतम १० कित्ताको दरले सेयर वितरण गर्दा ३६ हजार ९ सय ४८ जनाले सेयर पाएका छन्। बाँकी रहेको ८ कित्ता सेयर त्यसमध्येबाट १० कित्ताभन्दा बढी आवेदन गर्नेलाई गोलाप्रथाबाट वितरण गरिएको थियो।

हाल लघुवित्तको चुक्ता पुँजी ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ छ। आईपीओ बाँडफाँटपश्चात लघुवित्तको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ४० रुपैयाँ पुग्नेछ।


प्रकाशित : बुधबार, वैशाख २१ २०७९००:३०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend