शुक्रबार, चैत १६ गते २०८०    
images
images

यामाहाले विद्युतीय सवारी उत्पादनमा ल्यायो वृहत योजना, भारतमै बनाउने

images
images
यामाहाले विद्युतीय सवारी उत्पादनमा ल्यायो वृहत योजना, भारतमै बनाउने

विद्युतीय स्कुटरले पुरानो आइसी इन्जिन स्कुटर तथा मोटरसाइकललाई विस्थापित गर्ने नभइ यी दुवै अलगअलग ढंगल चल्ने यामाहाले जनाएको छ।

images
images

काठमाडौं- भारतीय बजारमा विद्युतीय दुई पांग्रे सवारीको माग तथा उत्पादन उल्लेख्य रुपमा बढ्दै गएको छ। पछिल्लो दुई वर्षयता स्टार्टअप कम्पनीहरूले दर्जनौँ मोडलका विद्युतीय स्कुटर भारतमा सार्वजनिक गरिसकेका छन्। 

images
images
images

यस्तैमा पेट्रोलबाट चल्ने मोटरसाइकल तथा स्कुटरको बजारमा बोलवाला कायम गरिरहेका हिरो, होन्डा, यामाहा, बजाज, टीभीएस, सुजुकीलगायत कम्पनीले पनि विद्युतीय स्कुटर उत्पादन बढाउँदै जाने संकेत गरेका छन्। कतिपयले विद्युतीय स्कुटर सार्वजनिक नै गरिसकेका छन्। 

images

विद्युतीय दुई पांग्रे रेसमा जापानी कम्पनी यामाहा पनि आक्रामक रुपमा अगाडि आएको छ। यामाहाले भारतमा दुईवटा विद्युतीय स्कुटर इ०१ र नियो सोकेस गरेको थियो। २०२३ को सुरुवातमै यामाहाले भारतमा बिक्रीका लागि ल्याउने तयारी गरेको छ। 

images
images

यामाहाले युरोपेली बजारका लागि सार्वजनिक गरेको हो नयाँ जेनेरेसनको स्कुटर नियो। भारतलाई यामाहाले विद्युतीय स्कुटर उत्पादनका लागि भारतलाई हब बनाउने योजना रहेको यामाहा इन्डियाका सीईओ इशिन चिहानाको भनाइ छ।  

भारत सरकारले ब्याट्री स्वाप गर्ने नीति अंगिकार गरेसँगै विद्युतीय सवारी उत्पादनहरूका लागि निक्कै सहज भएको छ। इभी ब्याट्री स्वाप गर्ने विषयमा यामाहाले अन्य जापानी कम्पनी होन्डा, सुजुकी, कावासाकीसँग समझदारी गरिसकेको छ।

योसँगै यामाहाले भारतमा विद्युतीय स्कुटर तथा मोटरसाइकलको उत्पादनका लागि ठूलो लगानीसमेत गर्नेृ भएको छ। भारतमा आइसी इन्जिनयुक्त मोटरसाइकल र स्कुटरको बजारमा मध्यम स्तरको पर्फमेन्स गरेको यामाहाले विद्युतीय स्कुटर र मोटरसाइकलमा भने आक्रामक हुने गरि योजना अघि बढाएको छ। 

विद्युतीय स्कुटरले पुरानो आइसी इन्जिन स्कुटर तथा मोटरसाइकललाई विस्थापित गर्ने नभइ यी दुवै अलगअलग ढंगल चल्ने यामाहाले जनाएको छ। आइसी इन्जिनको समय सकिइ नसकेको कम्पनीको भनाइ छ। 

केही महिनाअघि जापानी मोटरसाइकल तथा स्कुटर उत्पादन कम्पनी यामाहाले स्वापएबल ब्याट्री सहितको ईएमएफ विद्युतीय स्कुटर सार्वजनिक गरेको थियो। यामाहाले यो विद्युतीय स्कुटर गोगोरोसँगको सहकार्यमा बनाएको हो। 

यामाहाको यो विद्युतीय स्कुटरमा स्वापएबल ब्याट्री प्रयोग हुनेछ। स्वापएबल ब्याट्री प्रयोग भएको विद्युतीय सवारी चार्ज गर्न कुरेर बस्नु पर्दैन। ब्याट्री स्टेसनमा ब्याट्री चार्ज गरेर राखिएको हुन्छ र अहिले इन्धन भरेजस्तै स्टेसनमा गएर ब्याट्री फेरर सवारी कुदाउन सकिनेछ। ब्याट्री स्वाप गर्न अहिले इन्धन भरेको भन्दा कम समय लाग्नेछ। 

नयाँ प्रविधिसहित आउन लागेको यामाहाको ईएमएफ स्कुटर शक्तिशाली र आक्रामक हुनेछ। कम्पनीले यसको अधिकतम गती नबताएको भएपनि १ सय किलोमिटर प्रतिघण्टा रहेको अनुमान गरिएको छ। 

यामाहाले ताइवानको गोगोरोसँग सहकार्य गरेर ब्याट्री स्वापिङ नेटवर्क बनाइरहेको छ। ब्याट्री स्वाप गर्ने प्रविधिमा रेन्जलाई प्राथमिकता दिइँदैन। एउटा स्वाप स्टेनसदेखि अर्को स्टेसनसम्म पुग्ने ब्याट्रीको क्षमता भए हुन्छ भन्ने मान्यता राखिन्छ।

images

प्रकाशित : मंगलबार, वैशाख २० २०७९११:२६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ