शनिबार, जेठ ५ गते २०८१    
images
images

मार्जिन कारोबारसम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा, मार्जिन कलमा कडाइ (यस्ताे छ कार्यविधि)

images
सोमबार, वैशाख १९ २०७९
images
images
मार्जिन कारोबारसम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा, मार्जिन कलमा कडाइ (यस्ताे छ कार्यविधि)
images
images

काठमाडौं- मार्जिन कारोबार सुविधासम्बन्धि संशोधित कार्यविधि कार्यान्वयनमा ल्याइएको छ। नेपाल धितोपत्र बोर्डले २०७८ जेठ ११ मै संशोधन गरेर पठाएको संशोधित कार्यविधि कार्यन्वयनमा ल्याइएको हो। 

images
images
images

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैशाख १४ गतेदेखि संशोधित कार्यविधि लागु गरेको हो। संशोधित कार्यविधिमा दोस्रो बजारमा अघिल्लो आर्थिक वर्षभर कम्तिमा ८० प्रतिशत कारोबार दिनमा सेयर कारोबार भएको धितोपत्रमा मार्जिन कारोबार सुविधा पाउने छन्। 

images

व्यवसायीले मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सम्बन्धित धितोपत्रको १ सय २० दिनको औसत अन्तिम बजार मूल्य वा बजार मूल्यमध्ये जुन कम हुन्छ सो को ३० प्रतिशतले हुन आउने रकम लगानीकर्तासँग आदेश दिनुपूर्व नै सुरु मार्जिनको रुपमा लिनु पर्ने व्यवस्था गरिएको छ।

images
images

त्यस्तै धितोपत्रको दोस्रो बजारको अवस्था तथा सम्बन्धित धितोपत्रमा हुनसक्ने निहित जोखिमलाई ध्यानमा राखी सदस्य दलाल/व्यवसायीले ३० प्रतिशतभन्दा बढी प्रारम्भिक मार्जिन लगानीकर्तासँग लिनसक्ने व्यवस्था संशोधित कार्यविधिमा गरिएको छ। सदस्य व्यवसायीले बजारको अवस्था तथा जोखिम हेरी लगानीकर्ताबाट मार्जिन खातामा प्रत्येक दिन कारोबारको अन्तिम मूल्यको आधारमा न्यूनतम २० प्रतिशत वास्तविक मार्जिन कायम गर्नु पर्ने व्यवस्था गरिएको छ।

images
images

मार्जिन कारोबार सुविधा उपभोग गर्ने लगानीकर्ताको मार्जिन खाताको वास्तविक मार्जिन चालिस ४० प्रतिशतभन्दा कम हुन आएमा सदस्य/दलाल व्यवसायीले सम्बन्धित लगानीकर्तालाई मार्जिन कल गर्नेछ भन्ने व्यवस्था रहेकोमा संशोधित व्यवस्थामा त्यसलाई २० प्रतिशत कायम गरिएको छ ।

यसअघि मार्जिन कल गरेको दोस्रो कार्य दिनभित्र सम्बन्धित लगानीकर्ताले नगद वा मार्जिन कारोवार योग्य धितोपत्रहरू जम्मा गरी वास्तविक मार्जिन ४० प्रतिशतभन्दा माथि कायम गर्नुपर्ने व्यवस्था रहेकोमा संशोधित व्यवस्थामा त्यसलाई २० प्रतिशत कायम गरिएको छ।

यसअघि वास्तविक मार्जिन ४० प्रतिशतभन्दा माथि कायम गर्न लगानीकर्ताको हितग्राही खाताबाट मार्जिन खातामा धितोपत्र स्थानान्तरण गर्दा नियमानुसार शुल्क लाग्ने व्यवस्था रहेकोमा संशोधित व्यवस्थामा त्यसलाई २० प्रतिशत कायम गरिएको छ।

मार्जिन रकम कायम गर्न नसकेको अवस्थामा, मार्जिन कल आएको चौथो दिनमा ब्रोकरहरूले मार्जिन खातामा भएको सेयर बेचेर रकम असुल्ने भएका छन्। नेप्सेले मार्जिन कारोबारसम्बन्धि कार्यविधि २०७५ मा प्रथम संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो।

यस्ताे छ कार्यविधि


प्रकाशित : सोमबार, वैशाख १९ २०७९१२:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend