शनिबार, वैशाख २९ गते २०८१    
images
images

'सेयर बजार घट्ने क्रम रोकिएको प्राविधिक विश्लेषण, अबको यात्रा ४ हजार'

images
बिजनेस न्युज
images
images
'सेयर बजार घट्ने क्रम रोकिएको प्राविधिक विश्लेषण, अबको यात्रा ४ हजार'

प्राविधिक विश्लेषकहरुका अनुसार सेयर बजारको घट्ने क्रम हिजो मंगलबारदेखि रोकिएको छ। ३२ सय अंकबाट तल झर्न थालेको सेयर बजार हिजो मंगलबारको ‘इन्ट्रा डे’ कारोबारमा २६१३ सम्म आइपुग्यो।

images
images

काठमाडौं- प्राविधिक विश्लेषकहरुका अनुसार सेयर बजारको घट्ने क्रम हिजो मंगलबारदेखि रोकिएको छ। ३२ सय अंकबाट तल झर्न थालेको सेयर बजार हिजो मंगलबारको ‘इन्ट्रा डे’ कारोबारमा २६१३ सम्म आइपुग्यो।

images
images
images

प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालका अनुसार पछिल्लो सपोर्ट विन्दु २७८२ मा बजार नटिके पछि २६०७ लाई आधार बनाइएको थियो। यहि सपोर्ट विन्दुलाई टेकेर मंगलबार नै बजार फर्किएको उनको विश्लेषण छ।

images
neps1.png

अहिलेको सपोर्ट विन्दु २६०७, बैशाख २७ गतेको नेप्से सूचक हो। अर्थात मंगलबार सेयर बजार ५ महिना पछाडी फर्किएर पुनः बढ्न सुरु गरेको छ।

images

मंगलबारको ‘इन्ट्रा डे’ दिनभरको कारोबारमा नेप्से सूचक ८७ अंकले तल झरेर अन्तिममा १३ अंकले सुधार भएको छ। हिजो एकै दिन लगभग १०० अंकले बजार रिकभर भएको विश्लेषक बस्याल बताउछन्। यसले बजार सुधार हुने संकेत देखापरेको बस्यालको विश्लेषण छ।

images
images

यसै क्रममा बस्यालले शेयर बजार ४ हजार पुग्ने प्रावधिक विश्लेषण गरेका छन्। उनले भने ‘बजार अहिले नै फर्कियो भनेर ठोकुवा गर्न सकिदैन तर यहि विन्दुमा अडिएर बजार अगाडि बढ्यो भने अवको यात्रा ४ हजार हुनेछ।’ अवको केहि समय २६ सयकै वरिपरी घुमेर बजारले उकालो यात्रा तय गर्ने विश्लेषण गरिएको छ।

nesp 2.png

यदि मंगलबारको सबैभन्दा तल्लो विन्दु २६१३ लाइ नै तल्लो बन्दु बनाएर सेयर बजार उकालो लाग्यो भने ४ हजार अंक पुग्न सक्ने आकलन गरिएको हो। तर नेपालको शेयर बजारलाई प्रावधिक विश्लेषणका आधारमा मात्रै हेरियो भने त्यति उपयुक्त हुँदैन।

तर पछिल्लो समय नेपाली शेयर बजारमा प्राविधिक विश्लेषणलाई पनि विस्वास गर्न थालिएको छ। यसले बजार कता जान्छ भनेर संकेत गर्ने भएकाले लगानीकर्ताको मनोबल बढाउन यसले मद्दत गर्छ। हिजोसम्म डिप्रेस रहेका लगानीकर्ताहरु आजदेखि हौसिएका छन्। 

neps 3.png

images

प्रकाशित : बुधबार, असोज ६ २०७८०२:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend