शनिबार, जेठ ५ गते २०८१    
images
images

महँगा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ हजार रुपैयाँसम्म घट्यो, आठ कम्पनीमध्ये कुनको कति घट्यो?

images
मंगलबार, वैशाख २० २०७९
images
images
महँगा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ हजार रुपैयाँसम्म घट्यो, आठ कम्पनीमध्ये कुनको कति घट्यो?
images
images

काठमाडौं- सेयर बजारमा महँगो सेयर मूल्य भएका कम्पनी थोरैमात्रै छन्। पछिल्लो समय केही नयाँ कम्पनी थपिए पनि पाँच हजार रूपैयाँमाथि पर्ने कम्पनीहरू सीमित छन्। दोस्रो बजारमा दैनिक २ सय ३१ भन्दा बढी कम्पनीको कारोबार हुने गरेको छ। 

images
images
images

युनिलिभर

images

एक सय रुपैयाँबाट युनिलिभरको कारोबार सुरु गरेका कम्पनीको सेयर मूल्य झन्डै २३ हजार रुपैयाँसम्म पुगेको थियो। नेपालमा सबैभन्दा महँगो सेयर मूल्य भएको कम्पनी युनिलिभर रहेको छ।

images
images

केही समयअगाडिसम्म २३१८० रुपैयाँसम्म पुगेको सेयर मूल्य अहिले घटेर १८९५० आइपुगेको छ। केही महिनाकै दौरानमा ४२३० रुपैयाँ प्रतिकित्ता मूल्य घटेको छ। कम्पनीको चुक्ता पुँजी ९ करोड रुपैयाँ रहेको छ भने कम्पनीको बजार पुँजीकरण १७ अर्ब ९५ करोड रुपैयाँ रहेको छ। 

images
images

राष्ट्रिय बीमा कम्पनी

सेयर मूल्य धेरै हुनेको दोस्रो नम्बरमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। कम्पनीको सोमबार सेयर मूल्य प्रतिकित्ता १५ हजार ६ सय ५१ रुपैयाँमा कारोबार भएको थियो।

कम्पनीको चुक्ता पुँजी २ अर्ब ६६ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ४१ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। एक वर्षअगाडि कम्पनीको सेयर मूल्य २४ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो। उच्च मूल्यबाट कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८ हजार ७ सय ९ रुपैयाँ घटेको छ। 

बोटलर्स नेपाल (तराई) लिमिटेड

सेयर मूल्य धेरै हुनेको तेस्रो नम्बरमा बोटलर्स नेपाल (तराई) लिमिटेड रहेको छ। कम्पनीको पनि उच्च मूल्यबाट सोमबारसम्म प्रतिकित्ता ३ हजार २ सय २५ रुपैयाँ घटेको छ।  यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ हजार ९ सय ४५ रुपैयाँ रहेको छ। 

कम्पनीको चुक्ता पुँजी १२ करोड १० लाख रहेको कम्पनीको बजार पुँजीकरण १६ अर्ब ७५ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि १७ हजार ६ सय ७० रुपैयाँसम्म पुगेको थियो। 

साल्ट ट्रेडिङ कर्पोरेशन

सेयर मूल्यका आधारमा साल्ट ट्रेडिङ कर्पोरेशन पनि महँगोको सूचीमा पर्दै आएको छ। कम्पनीको सेयर मूल्य सोमबार प्रतिकित्ता ४ हजार ८९ रुपैयाँमा कारोबार भएको थियो।

कम्पनीको चुक्ता पुँजी २५ कारोड ३५ लाख रुपैयाँ हुदाँ बजार पुँजीकरण १० अर्ब ६७ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि १२ हजार २ सय ३ रुपैयाँ सम्म पुगेको सेयर मूल्य घटेर ८ हजार १ सय १४ रुपैयाँसम्म घटेको छ। 

हिमालय डिस्टिलरी लिमिटेड

गत वर्षदेखि सेयर मूल्य बढेको हिमालय डिस्टिलरी पनि सेयर मूल्यका आधारमा धेरै मूल्यको सूचीमा पर्दै आएको छ। कम्पनीको सोमबार सेयर मूल्य ३ हजार ५ सय रुपैयाँ कारोबार भएको छ। 

कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ५३ अर्ब १४ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि ७ हजार ९ सय ३८ रुपैयाँ सम्म पुगेको सेयर मूल्य प्रतिकित्ता ४ हजार ४ सय ३८ रुपैयाँले घटेको छ। 

महिला लघुवित्त 

महिला लघुवित्त पनि सेयर मूल्यका हिसाबले महँगोको सूचीमा पर्दै आएको छ। कम्पनीको सेयर मूल्य ३ हजार ४ सय ७२ रुपैयाँमा सोमबार कारोबार भएको थियो।

कम्पनीको चुक्ता पुँजी १४ करोड ७५ लाख रुपैयाँ रहेको छ। बजार पुँजीकरण ५ अर्ब १२ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि ५ हजार ७ सय ४९ रुपैयाँ सम्म पुगेको थियो। उच्च मूल्यबाट कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार २ सय ७७ रुपैयाँ घटेको छ। 

जीवन लघुवित्त 

जीवन लघुवित्त कम्पनीको सेयर मूल्य  प्रतिकित्ता २ हजार ९ सय ६५ रुपैयाँमा आएको छ। सोमबार पनि कम्पनीको सेयर मूल्य १४ रुपैयाँले घटेको छ।

उच्च मूल्यबाट कम्पनीको सेयर मूल्य प्रतिकित्ता २ हजार ५ सय ५१ रुपैयाँ घटेको छ।  जसको चुक्ता पुँजी १ अर्ब ३ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ३० अर्ब ६६ करोड रुपैयाँ रहेको छ। कम्पनीको एक वर्षअगाडि ५ हजार ५ सय १६ रुपैयाँ सम्म पुगेको थियो। 

नागरिक लगानी कोष

सेयर मूल्यका आधारमा नागरिक लगानी कोष पनि महँगोको सूचीमा पर्दै आएको छ। कोषको सेयर मूल्य प्रतिकित्ता २ हजार ७ सय ९१ रुपैयाँ रहेको छ।

कोषको चुक्ता पुँजी ३ अर्ब ५६ करोड रुपैयाँ रहेको छ। बजार पुँजीकरण ९१ अर्ब २६ करोड रहेको छ। कम्पनीको एक वर्षअगाडि ४ हजार ५ सय ६० रुपैयाँ सम्म पुगेको सेयर मूल्य घटेर २ हजार ६ सय २५ रुपैयाँसम्म कारोबार भएको थियो। कम्पनीको १ हजार ७ सय ६० रुपैयाँ प्रतिकित्ता घटेको छ। 


प्रकाशित : मंगलबार, वैशाख २० २०७९१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend