शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

संसारकै ठूलो तेल उत्पादक साउदी अबर १ लाख विद्युतीय कार किन्न सहमत

images
images
संसारकै ठूलो तेल उत्पादक साउदी अबर १ लाख विद्युतीय कार किन्न सहमत

आगामी १० वर्षमा साउदी अरब सरकारले लुसिड ग्रुपले साउदीमै र अमेरिकामा उत्पादन गरेका १ लाख विद्युतीय कार खरिद गर्ने सहमति गरेको हो। 

images
images

काठमाडौं- साउदी अरब विश्वकै ठूलो इन्धन उत्पादक देशमध्ये हो। विद्युतीय सवारीको बिक्री बढ्नु इन्धन (डिजेल/पेट्रोल) बिक्रेताका लागि सुखद् पक्कै होइन। तर साउदी अरब सरकारले लुसिड ग्रुपसँग १ लाख विद्युतीय कार खरिद गर्न सहमति जनाएको छ।

images
images
images

आगामी १० वर्षमा साउदी अरब सरकारले लुसिड ग्रुपले साउदीमै र अमेरिकामा उत्पादन गरेका १ लाख विद्युतीय कार खरिद गर्ने सहमति गरेको हो। 

images

अमेरिकी विलासी विद्युतीय कार उत्पादन कम्पनी लुसिडमा साउदी अरबको पब्लिक वेल्थ फन्डको करिब ६२ प्रतिशत हिस्सा रहेको छ। लुसिडले गएको सेप्टेम्बरदेखि एयर नामको विलाशी सेडान विद्युतीय कार उत्पादन थालेको हो। 

images

साउदी अरबको वित्त मन्त्रालयले आगामी १० वर्षमा ६० हजार वटा लुसिडका विद्युतीय कार खरिद गर्ने सहमति दिएको हो। सोही १० वर्षको अवधिमा साउदी सरकारले चाहेमा वा कम्पनीले आग्रह गरेमा थप ५० हजार कार खरिद गरिदिने सहमति त्यहाँको वित्त मन्त्रालयलृे गरेको सीएनबीसीले लेखेको छ। 

images
images

सो संख्याको सवारी साउदी सरकारले लुसिडको अमेरिकाको एरिजोनामा रहेको प्लान्ट र साउदीमा बन्ने प्लान्टबाट उत्पादित कार किन्ने छ। साउदी सरकारले एयर सेडान कार र कम्पनी उत्पादन गर्ने नयाँ कार समेत खरिद गर्नेछ। 

लुसिडले साउदी सरकारलाई २०२३ सम्म वार्षिक १ देखि २ हजार कार आपूर्ति गर्नेछ। त्यस्तै तेलको धनी साउदी अधिराज्यलाई लुसिडले २०२५ देखि भने वार्षिक ४ देखि ७ हजार कार दिनेछ। 

हाल सेमिकन्डक्टरलगायतको सप्लाइ चेन सहज नहुँदा एसिजोनामा रहेको लुसिडको प्लान्टमा उत्पादन क्षमता बढाउन नसकेको कम्पनीेले जनाएको छ। सप्लाइ चेनमा देखिएको समस्याले लुसिडले २०२२ को उत्पादन लक्ष्य नै कटौती गरेको छ। अब कम्पनीले २०२२ मा १२ देखि १४ हजार वटा कारमात्र उत्पादन हुने अनुमान गरेको छ। यसअघि कम्पनीले २०२२ मा २० हजार कार उत्पादन गर्ने योजना सार्वजनिक गरेको थियो। 

साउदीमा लुसिडको प्लान्ट

अमेरिकी विद्युतीय कार स्टार्टअप कम्पनी लुसिडले साउदी अरेबियामा कार उत्पादन गर्ने भएको छ। कम्पनीले साउदीमा एसेम्बल प्लान्ट स्थापना गर्ने भएको हो। अमेरिकापछि लुसिडले अन्य देशमा स्थापना गर्न लागेको पहिलो र कम्पनीको दोस्रो कार उत्पादन प्लान्ट हुनेछ। 

साउदी अरेबियामा बन्ने प्लान्टमा लुसिड ग्रुपले १ अर्ब अमेरिकी डलरभन्दा बढी रकम खर्च गर्ने छ। साउदीको पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ)सँग समन्वय गरिरहेको लुसिड ग्रुपले साउदीलाई आधारित बनाएर उच्च प्रविधियुक्त सवारीसाधन उत्पादन गर्ने छ। विश्वव्यापी रुपमा हुने विद्युतीय कारको मागलाई सम्बोधन गर्ने गरि लुसिडले काम गर्ने सहमती भएको छ। 

विद्युतीय कार उत्पादक लुसिड ग्रुपले साउदी अरबमा कार उतपादन गर्न त्यहाँको लगानी मन्त्रालय, साउदी औद्योगिक विकास फन्ड र  किङ अब्दुल्लाह इकोनोमिक सिटीसँग सम्झौता गरिसकेको छ। किङ अब्दुल्लाह इकोनोमिक सिटीमा साउदी बाहेकको पहिलो उत्पादन प्लान्ट स्थापना गर्ने कम्पनी लुसिड ग्रप हुनेछ। 

लुसिडले साउदी अरेबियामा बन्ने प्लान्टबाट वार्षिक १ लाख ५० हजार कार उत्पादन गर्ने छ। लुसिडको अमेरिकाको एरिजोनामा रहेको प्लान्टबाट वार्षिक ३४ हजार कार उत्पादन हुने क्षमता छ। लुसिडले उक्त प्लान्टको फेज-२ अन्तर्गत हुने विस्तारबाट वार्षिक कार उत्पादन क्षमता ९० हजार वटासम्म बनाउने बताएको छ।  

लुसिडले बनाएको योजनाअनुसार काम भए कम्पनीले विश्वभर स्थापना गर्ने सबै प्लान्टबाट वार्षिक ५ लाख कार उत्पादन हुने छन्। साउदीमा बन्ने प्लान्टबाट सुरुमा स्थानीय बजारलाई लक्षित गरि कार उत्पादन गर्ने लुसिडले जनाएको छ।

योसँगै लुसिडले साउदी प्लान्टलाई पूर्णरुपमा सञ्चालन गरेर एसिया क्षेत्रमा निर्यात गर्नेछ। साउदीमा स्थापना हुने उत्पादन प्लान्टले यहाँ हजारौं दक्ष जनशक्ति समेत तयार हुने लुसिडको भनाइ छ। यसले यो क्षेत्रमा हुने अटोमोबाइल उद्योगमा समेत योगदान पुग्ने विश्वास कम्पनीको छ। 

लुसिडले साउदी अरेबियामा बन्ने प्लान्टको निर्माण यही वर्षको जुन/जुलाइबाट हुने छ। २०२५ भित्र प्लान्ट बनेर कार उत्पादन सुरु गर्ने लक्ष्य कम्पनीले लिएको छ। 

लुसिड ग्रुप इंक २००७ मा स्थापना भएको हो। टेस्लामा रहेका इन्जिनियरहरु त्यहाँबाट अलग्गिएर लुसिड मोटर स्थापना गरेका हुन्। लुसिड मोटर्सले २०१६ मा आफूलाई रिब्रान्ड गर्दै पूर्ण विद्युतीय कार त्यसमा पनि उच्च क्षमताको विलाशी कार बनाउने बताएको थियो। त्यही अनुसार उच्च रेन्ज दिने विलासी कार उत्पादन गर्दै आएको छ।

images

प्रकाशित : मंगलबार, वैशाख २० २०७९०१:००

प्रतिक्रिया दिनुहोस