बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली स्वीकृत,  इजाजत लिन कति लाग्छ शुल्क?

सोमबार, वैशाख १९ २०७९
मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली स्वीकृत,  इजाजत लिन कति लाग्छ शुल्क?

काठमाडौं- नेपाल राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ को पहिलो संशोधन जारी गरेको छ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ तथा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ बमोजिम इजाजतपत्र लिई मनिचेञ्जरको कारोबार गर्ने कम्पनीलाई इजाजतपत्र प्रदान गर्ने एवम् तिनीहरूको निरीक्षण तथा सुपरिवेक्षण गर्ने प्रयोजनको लागि नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी देहायका विनियमहरू बनाएको  हो।

मनिचेञ्जरको कारोबारको इजाजतपत्र प्राप्त गर्न लाग्ने शुल्क
– भारतीय रुपैयाँखरिद बिक्री कारोबारका लागि पच्चिस हजार रुपैयाँ। 
– परिवत्र्य विदेशी मुद्राकोखरिद कारोबारका लागि एक लाख रुपैयाँ। 
– दुवै कारोबारका लागि एक लाख पच्चिस हजार रुपैयाँ।
– विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापतको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप पच्चीस हजार रुपैयाँ।

मनिचेञ्जरको कारोबारको इजाजतपत्र प्राप्त गर्न तथा इजाजतपत्र नवीकरण गर्न लाग्ने धरौटी रकम

– भारतीय रुपैयाँखरिद बिक्री कारोबारका लागि एक लाख रुपैयाँ। 
– परिवत्र्य विदेशी मुद्राको खरिद कारोबारका लागि पाँच लाख रुपंैया।
– दुवै कारोबारका लागि छ लाख रुपैयाँ। 
– विदेश भ्रमणमा जाने नेपाली नागरिकहरुलाई राहदानी बापतको सटही सुविधा प्रदान गर्ने कारोबारका लागि थप दुई लाख रुपैयाँ।

स‌शाेधित विनियमावलीकाे पूर्ण पाठ


प्रकाशित : सोमबार, वैशाख १९ २०७९११:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend