शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

लगानी बोर्डबाट १४ अर्ब २७ करोड लगानी स्वीकृत भएको सूर्यतारा सिमेन्ट उद्योग दर्ता

images
images
images
लगानी बोर्डबाट १४ अर्ब २७ करोड लगानी स्वीकृत भएको सूर्यतारा सिमेन्ट उद्योग दर्ता
images
images

काठमाडौं- कर्णाली प्रदेशको सुर्खेतमा १४ अर्ब २७ करोडको लगानीमा सूर्यतारा सिमेन्ट उद्योग स्थापना हुने भएको छ। गत चैत १७ गतेमात्रै लगानी बोर्डको ५० औँ बोर्ड बैठकले सिमेन्ट उद्योगको लगानी स्वीकृत गर्ने निर्णय गरेको थियो।

images
images
images

बोर्डले लगानी स्वीकृत गरेको एक महिना नबित्दै सिमेन्ट उत्पादनका लागि भन्दै सूर्यतारा सिमेन्ट प्रालि दर्ता भएको हो। उद्योग विभागका अनुसार सबै प्रक्रिया पूरा गर्दै उद्योग बैशाख ११ गते दर्ता भएको हो।

images

कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चोकुने गाउँपालिकाको वडा नम्बर ९ मा उद्योग रहेको छ। उद्योगमा कुल १४ अर्ब २७ करोड ५० लाख रुपैयाँका लगानी रहने छ। सत प्रतिशत नेपाली लगानी रहेको उद्योगमा ६ सस जनाले रोजगारी पाउने छन्।

images

उद्योगले २२ हजार केभिए बिजुलीसमेत खपत गर्ने छ। कर्णाली प्रदेशमा खुलेको यो सिमेन्ट उद्योग त्यो क्षेत्रकै  सबैभन्दा  ठूलो उद्योग हो। उद्योगले ३ प्रकारको सिमेन्ट र क्लिङकर उत्पादन गर्ने  भएको छ।

images
images

उद्योगले वार्षिक ५ लाख ७४ हजार २ सय मेट्रिक टन ओपीसी, पीपीसी सिमेन्ट वार्षिक २ लाख ८७ हजार  १ सय मेट्रिक टन र पीएससी वार्षिक ९५ हजार ७ सय मेट्रिक टन उत्पादन गर्ने जनाएको छ। यसैगरी २८ हजार ५ सय ४ मेट्रिक टन क्लिङकर उत्पादन गर्ने भएको छ।

images

प्रकाशित : सोमबार, वैशाख १९ २०७९०८:२०

प्रतिक्रिया दिनुहोस