शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख १९ २०७९
images
images
वर्षाले किसान हर्षित, उम्मेदवारलाई छटपटी
images
images

महोत्तरी- लगातारको वर्षाले महोत्तरीका किसान हर्षित छन् भने स्थानीयतह चुनाव प्रचारमा जुट्न नसक्दा उमेदवारलाई छटपटी भएको छ। चिस्यान हुने गरी पानी परेपछि किसान खुसी भएका हुन्। 

images
images

'खेतबारी खनजोत र बालीनाली लगाउन सहज भएको छ' बर्दिबास नगरपालिका-९ पशुपतिनगरका महेन्द्र महतोले भने।

images
images

वर्षापछि रुखिएको जग्गा खनजोत गर्न सहज भएको उनले बताए। वर्षाले बर्खे धान र कोदोको धुले ब्याड राख्न सजिलो भएको छ। तरकारी बाली लगाउन पर्याप्त चिस्यान भएको भङ्गाहा नगरपालिका-४ रामनगरका चन्देश्वर राय दनुवारले बताए। 

images
images

वर्षाले किसान खुसी भए पनि उम्मेदवार भने बिलखबन्दमा परेका छन्। लगातारको वर्षाले मतदाता भेट्न र चुनावी प्रचारको अभियान बढाउन नपाउँदा उम्मेदवारलाई छटपटी भएको छ। 'वर्षाले प्रचार प्रसार गर्न अप्ठ्यारो भएको  छ', भङ्गाहा-४ का वडाध्यक्षका उम्मेदवार गङ्गाराम महतो भन्छन्, 'खेतीपातीको समय छ, मतदाता घरमा कमै भेटिन्छन्।'

वर्षाले ग्रामीण सडक हिलाम्य भएका छन्। वर्षाले चुनावी प्रचार अभियानमा बाधा पुगेको छ। बर्दिबास-७ का वडाध्यक्षका उम्मेदवार धनसिंह क्याप्छाकी भन्छन्, 'प्रचारमा वर्षाले असर गर्‍यो।' रासस


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०८:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend