बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

जाल्पाको सेयर मूल्य न्यूनतमबाट प्रतिकित्ता ९३८ रुपैयाँले बढ्यो, कतिसम्म पुग्ला?

सोमबार, वैशाख १९ २०७९
जाल्पाको सेयर मूल्य न्यूनतमबाट प्रतिकित्ता ९३८ रुपैयाँले बढ्यो, कतिसम्म पुग्ला?

काठमाडौं- जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको दोस्रो बजारमा सोमबार ३२ औँ दिन पनि १० प्रतिशतले बढेर सर्किट लागेको छ। कम्पनीको सोमबार ९.९९ प्रतिशतले सेयर मूल्य बढ्दा प्रतिकित्ता ११४.२० रुपैयाँले बढेको छ। संस्थाको सेयर फागुन २७ गते दोस्रो बजारमा सूचीकृत भएको थियो।

सूचीकृत भएसँगै कम्पनीको सेयर मूल्यमा उछाल आएको थियो। कम्पनीको सोमबार कारोबार सुरु भएको डेढ घन्टामै सकारात्मक सर्किट लागेर प्रतिकित्ता १२५६.८० रुपैयाँ पुगेको छ। १ अर्ब ८२ करोड रुपैयाँ बजार पुँजीकरण पुगेको थियो।

कम्पनीको न्यूनतम मूल्यबाट प्रतिकित्ता ९३८ रुपैयाँले बढिसकेको छ भने लगातार बढ्दा लगानीकर्ताले १२ हजार ५६ रुपैयाँ कमाइसकेका छन्। 

jalpa.PNG

कम्पनीको प्रतिसेयर नेटवर्थ, प्रतिशेयर आम्दानी र संचित नाफा-नोक्सानसम्बन्धी विवरणमा यस लघुवित्त वित्तीय संस्थाको अधिकृत पुँजी २५ करोड रुपैयाँ रहेको छ। यस लघुवित्त वित्तीय संस्थाको जारी पुँजी १६ करोड रहेको छ।  

स्वीकृत विवरणपत्र मार्फत सर्वसाधारणलाई ५ करोड २२ लाख रकम बराबरको सेयरको निष्काशनपश्चात लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी १६ करोड भएको हो। हाल संस्थाको सेयर मूल्य  बुलिस अवस्थामा रहेको छ। हाल कम्पनीको न्यूनतम बिन्दुमा ३ सय १८ दशमलव ६० रुपैयाँबाट कारोबार खुलेको थियो। 


प्रकाशित : सोमबार, वैशाख १९ २०७९०६:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend