बुधबार, साउन ६ गते २०८३    
बुधबार, साउन ६ २०८३

एनसीसी बैंकको सेयरमा मर्जको चर्चाले खरिद बिक्रीमा चाप, कुनसँग होला मर्ज?

आइतबार, वैशाख १८ २०७९
एनसीसी बैंकको सेयरमा मर्जको चर्चाले खरिद बिक्रीमा चाप, कुनसँग होला मर्ज?

काठमाडौं- नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकको सेयर मूल्य तीन वर्षअगाडिको मूल्यमा आइपुगेको छ। पछिल्लो समय मर्जको चर्चा भएपछि खरिद बिक्रीमा चाप बढेको छ। 

बैंकको सेयर मूल्य साताको अन्तिम दिन बिहीबार प्रतिकित्ता २३१ रुपैयाँमा कारोबार भएको थियो। मर्जरमा जाने तयारी गरेको एनसीसी बैंकको पछिल्लो समय पुनः बढाउन थालिएको छ।

nccb.PNG

एनसीसीले पनि राष्ट्र बैंकको नीति अनुसार बैंक मर्जरमा जान लागेको छ। जसका लागि जोडि खोजिरहेको छ। एनसीसी बैंकको इन्भेष्ट बैंक देखि कुमारी, सनराइज बैंकसम्म मर्जका लागि अनौपचारिक कुराकानी अगाडि बढाएको छ। ग्लाेबल आईएमई बैंकसँग पनि मर्जकाे चर्चा चलिरहेकाे छ।

बैंकको सेयर मूल्य विगतमा नबिल बैंकसँग मर्जको चर्चा चलेको थियो। त्यसपछि बढेर ४०७ रुपैयाँसम्म पुगेको सेयर मूल्य घटेर २२०.५० रुपैयाँसम्म पुगेको थियो। 

अहिले पुन बढ्न थालेको छ। बैंकको बिहिबार मात्रै २ लाख १६ हजार कित्ता किनबेच हुँदा ४ करोड ९७ लाख  रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको थियो। 

बैंकको ११ अर्ब १३ करोड रुपैयाँ चुक्ता पुँजी रहेको छ। भने बजार पुँजीकरण २५ अर्ब ७३ करोड रुपैयाँ रहेको छ। बैंकले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिएको थियो। 


प्रकाशित : आइतबार, वैशाख १८ २०७९१३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend